नेत्र पौडेल,सउल
दुई दिने तनाव ब्यबस्थापन तथा स्व नेतृत्व बिकास प्रयोगात्मक प्रशिक्षण कार्यक्रम सउल स्थिती नेपाल हाउसमा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रम गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष बिनोद कुवरको संयोजकत्वमा भएको कार्यक्रममा प्रेरक बक्ता तथा प्रशिक्षक राज संसार श्रेष्ठलेले प्रशिक्षण दिनुभएको थियो भने कार्यक्रम नेत्र पौडेलले संचालन गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष कुँवर ले नेपालीहरुको दुख सुख सटासाट गर्न तथा अफ्ट्यारोमा परेका नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुलाइ सहयोग गर्ने प्रमुख उदेश्य का साथ NRNA ko गठन गरिएको कुरामा जोड दिदै कोरियामा रहनुभएका सम्पुर्ण नेपाली हरु लाई NRNA को तर्फबाट सधैं सहयोग रहने कुरा बताउनु भयो। बिभिन्न समस्यामा रहनुभएका साथीहरु जस्तै मानसिक पिडा, एक्लोपन, आत्मबलको कमजोरी, नकरात्मक सोच जस्ता विविध समस्यामा रहेका साथीहरुलाई लक्षित गरि संचालन भएको यस कार्यक्रममा यस्ता समस्या हुनुभएका साथीहरुको बाक्लो उपस्थिति थियो l यस्ता समस्यामा रहनु भएको साथीहरुको लागि यस कार्यक्रमका प्रशिक्षक तथा मनोबिद श्री राज संसार श्रेष्ठ ज्यूबाट कसरी तनाब ब्यबस्थापन गर्ने, समस्या संग कसरी मुकाबिला गर्ने, समस्या सगै लुकेर बसेका अवसर र सम्भावना कसरी खोजी गर्ने , जीवन जिउने कलाको कसरी बिकास गर्ने र हाम्रा अपूर्ण मान्यताहरुलाई कसरी पुर्ण बनाउने तथा कसरी सकारात्मक सोचको बिकास गर्न सकिन्छ भन्ने विषयमा प्रयोगात्मक रुपमा प्रशिक्षण दिनुभएको थियो l
कार्यक्रममा विभिन्न खेलहरु, गित संगीत मध्यम बाट विभिन्न प्रयोगहरु पनि गरिएको थियो जस्ले कार्यक्रमलाई झनै बढी प्रभाबकारी बनाएको थियो l कार्यक्रममा उपस्थित सथिहरु ले कार्यक्रमले आफ्नो जीवनमा सकारात्मक उर्जा थपिदिनुका साथै जीवन को नया युग सुरु गरिदिएको बताउनु भएको थियो। आफूभित्र निहित भएको सम्भाबनालाई पहिचान गर्न नसकेको कारणले हामी दुखि हुने, तनाबमा हुने रहेछौ हामीले नकारत्मक कुरामा मात्र जोड गरेको कारणले गर्दा हामी पिडा मा रहेछौ ,जिबनको अर्को सकारात्मक पाटोलाई हेर्न नजानेको कारणले हामीलाई समस्या भएको रहेछ, त्यसैले जिबनमा आफुले के गर्ने कसरि आफ्नो गलत मान्यताहरुलाई पूर्ण र सहि बनाउने जस्ता धेरैनै जिबन उपयोगी ज्ञान, आत्मसुझाबको बारेमा ज्ञान पाएको सहभागी मध्येका एक के पि भुसालले बताउनु भयो।
यसैगरि सोही कार्यक्रममा कोरियामा रहेर सामाजिक क्षेत्रमा योगदान दिनुभएका साथीहरु इपिएस छिन्गु, उमेस घिमिरे लगायत लाई सम्मान तथा बिदाई पनि रहेको थियो l

No comments:
Post a Comment