Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, March 17, 2015

मगर संघको बिशेष अधिवेशन सम्पन्न,२१ सदस्यीय कार्य समिति चयन

सि.पी.मगर-सउल कोरिया 

हिजो मार्च १५ तारिक आइतवार नेपाल  मगर संघ दक्षिण कोरियाको बिशेष अधिवेशन राजधानी सौलको दोङदेमुन स्थित डी.आर.इन्टरनेशनल इन्टरप्राइजेजमा भब्यताका साथ सम्पन्न भएको छ।संघका संरक्षक अप्त पुन मगरको आतिथ्य निवर्तमान बरिष्ठ उपाध्यक्ष खड्ग थापा मगरको अध्यक्षता र निवर्तमान महासचिव सि.पी.मगरको सञ्चालनमा सम्पन्न अधिवेशनमा  संघका संस्थापन  काल देखिका सल्लाहकार ज्यू हरु लगायत बिभिन्न ब्यक्तित्वहरुको आतिथ्यता रहेको थियो भने कोरियामा रहेका मगरहरुको बाक्लो उपस्थिति रहेको थियो।निवर्तमान सचिव अर्जुन थापा मगरको स्वागत मन्तव्यसंगै अतिथिहरुले मगर एकता सद्भाव र सत्कर्मको निम्ति एकजुट भएर लागीराख्नु पर्ने भन्दै सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो।
दोस्रो चरणको बन्द सत्रमा निवर्तमान महासचिव सि.पी.मगरले संघको प्रतिवेदन र निवर्तमान कोषाध्यक्ष मनु रोका मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
बन्द सत्रमा बरिष्ठ सल्लाहकार हेम थापा मगरको संयोजकत्वमा ५ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको थियो।  झक थापा मगर,खड्ग पुन मगर,याम श्रीस मगर र बलराम पुन मगर सदस्य रहनुभएको अध्यक्ष मण्डलको सिफारिसमा सर्व सम्मत रुपमा  रिक्त  पद पछि पूर्ति हुने २१ सदस्यीय कार्य समिति चयन गरेको छ।नयाँ कार्य समितिलाइ निवर्तमान अध्यक्ष पुरन राना मगरले बधाई तथा शुभकामना दिनुभएको थियो।बन्द सत्रको संचालन अध्यक्ष मण्डल सदस्य  झक थापा मगरले  गर्नु भएको थियो।
नब निर्वाचित समिति
अध्यक्ष-खड्ग थापा मगर -गोरखा
बरिष्ठ-उपाध्यक्ष-हिक्मत  पुलामी मगर -बाग्लुंग
उपाध्यक्ष-बिक्रम राना मगर- स्यांग्जा
महासचिव-सुब्बा राना मगर- धादिङ्ग
सचिव-किरण थापा मगर- ललितपुर
कोषाध्यक्ष-मन प्रसाद रोकामगर- म्याग्दी
सह-कोषाध्यक्षशुशिला थापा मगर- गोरखा
सदस्य-बिनोद थापा मगर तनहुँ
लोक बहादुर पून -पर्बत
राम चन्द्र थापा मगर-बाग्लुङ्ग
उषा थापा मगर- झापा
लोक ब. राना मगर -महोत्तरी
 भिम आले मगर -गोरखा
जगत खाम्चा मगर- रुपन्देही
प्रेम पून -कास्की
ललित थापा मगर- तनहुँ
माया गर्बुजा- रुपन्देही
रमेश लुङ्गेली  मगर -भोजपुर
सबिना पून -म्याग्दी

No comments:

Post a Comment