नमस्ते नेपाल कोरिया संवाददाता
१८ फेब्रुअरीमा बुसान तथा १९ फेब्रुअरीमा सउलमा हुन लागेको महजोडी सहितको सांगितिक महामेलाका कलाकारहरु कोरिया आइपुगेका छन् ।
दीर्घकालिन नेपाल हाउसका लागि आयोजना हुन गइरहेको कार्यक्रमका वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित गायक प्रमोद खरेल, गायिका रेजिना रिमाल, नायिका छुल्ठिम गुरुगं, लोकगायिका देवी घर्ती मगर, सहितका कलाकारहरु आज कोरिया आइपुगेका हुन् ।
र्याप गायक यम बुद्ध भने आज बेलुकी मात्र आइपुग्ने भएका छन् । लोक गायिका विष्णु माझी अन्तिम अवस्थामा नआउने भएपछि उनको सट्टामा देवि घर्ति मगरको अर्जेन्ट भिषा उपलब्ध गराई आयोजकले उनलाई बोलाएको हो ।
आज दिउसो कलाकारहरुलाई लिन एनआरएन अध्यक्ष विनोद कुँवर, नेपाली दुतावासका उपनियोग प्रमुख राजाराम बर्तौला, एनआरएन एसिया प्यासिफिक संयोजक गंगा राई, श्रम सहचारी अनिल गुरुङ, नेपाली जनअधिकार मन्चका अध्यक्ष सागर न्यौपाने लगायतको टोली इन्छन विमानस्थल पुगेका थिए
No comments:
Post a Comment