Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, February 26, 2015

नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको साधारण सभा सम्पन्न

बिशाल गहतराज, सउल दक्षिण कोरिया ।
-साधारण सभा सम्पन्न, नयाँ सदस्यता मार्च अन्तिमसम्म लिन सकिने

नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले पत्रकारहरुलाई थप संगठित बनाएर अघि बढने भएको छ । कोरियाका पुराना पत्रकारहरु संगै बढदै गएका नयां पत्रकारहरुलाई पनि संगठनमा आवद्ध गर्ने महासंघले जनाएको छ ।
नेपालमा वार्षिक रुपमा चैत्र मसान्त सम्म सदस्यता नविकरण गर्नुपर्ने समय सिमालाई मध्यनजर राख्दै कोरियामा रहेका पत्रकारहरुलाई मार्च अन्तिमसम्म रिनो गर्न जानकारी गराइएको छ । यसैगरी नया सदस्यता आवेदन पनि मार्च मसान्त सम्म दिन सकिने बताइएको छ ।


नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको साधारण सभा गत आइतबार सउल दुन्देमुन स्थित सुभेक्ष्या रेस्टुरेन्ट रहेको तेस्रो तल्लामा समपन्न गरेको हो। कार्यक्रममा संस्थाका उपाध्यक्ष किशोर कोइरालाको स्वागत मन्तब्य संगै सुरु भएको थियो |


“सत्य समाचार लेख्नुहोस् "महासंघ कोरिया पुर्ब अध्यक्ष रघु त्रिपाठी
कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका पुर्ब अधक्ष्य रघु त्रिपाठीले “पत्रकारले सत्य तथ्य समाचार लेखनमा ध्यान दिई त्यसको जानकारी र त्यसपछिको प्रभावको बारेमा पुन समाधान सहितको समाचार को लेखन शैली अपनाउनु पर्ने कुरा राख्दै कुनै पनि बिषयको समाचार लेख्दा त्यसले समाजमा प्रभाब पर्नुपर्ने बताए। सुचनालाऊ बिज्ञापनको रूपमा लिनुपर्ने सुझाब दिंदै कार्यक्रममा पत्रकार महासंघ स्थापना काल देखि पछिल्लो समय सम्म आउदा बिभिन्न बाधा अवोरोध पारे गरेको कुरा पनि कार्यक्रमा चर्चा भएको थियो |

कोरियाका पत्रकारलाई संगठीत बनाउन महासंघ अझ सक्रिय हुनुपर्छ ः प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष खेम कार्की
कार्यक्रमका बिशेष अतिथि संस्थाका पुर्ब अधक्ष्य तथा प्रमुख सल्लाहकार खेम कार्कीले “संस्थालाइ दिर्घकालिन रुपमा अगाडी बढाउन आर्थिक भूमिका हुने भएकाले संस्कृतिक कार्यक्रमको आयोजना गरि आर्थिक स्तरमा थप सुधार गरि पत्रकार सबैलाई एकिकृत गर्ने बताउनु भएको थियो |” वहाँले पत्रकाहरुको हक हितको लागि पत्रकार महासंघ सक्रिय हुनुपर्ने र यसका पदाधिकारी अझ जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो ।
कोरियाको काम संगै पत्रकारिता कठिन भएपनि यसमा लागेका पत्रकारलाई तालिम दिएर अगाडि बढनुपर्नेमा कार्कीले जोड दिनुभयो ।

पत्रकारहरुलाई महासंघ मजबुत लाग्न अध्यक्ष मैनालीको आग्रह
कार्यक्रमको अन्त्यमा महासंघका अध्यक्ष अशोक मैनालीले “ संस्थालाई शसक्त रुपमा अगाडी बढाउनका निम्ति सबै कार्यसमितिको उत्तिकै भूमिका रहने हुनाले महासंघमा आबद्ध पत्रकार अन्य संस्थामा सहभागी भइ महासंगको कार्यगतिमा प्रयाप्त समय दिन नसक्दा काम प्रभाकारी हुन नसकेको व्यक्त गर्दै सभाको बिसर्जन गर्नु भएको थियो |
कोरियाको पत्रकार महासंघ पत्रकारहरुको साझा संस्था भएको र नागरिक समाज प्रति समेत यसको दायित्व भएकोले यसलाई अझ बलियो पार्नुपर्ने अध्यक्ष मैनालीको भनाई थियो ।
साधारण सभा बिहान ११ बजे बिहान देखि सुरु भएको कार्यक्रम करिब २ बजे समापन गरिएको थियो |साधारण सभामा हाल पछिल्लो समय सम्म संस्थाले गरेको गतिबिधि संस्थाका सचिब बिशाल गहतराजले प्रतिबेदन प्रस्तुत गर्दै महासंघको पछिल्लो गतिविधिले बिगतको दिन भन्दा केहि हद सम्म लोकप्रियता प्राप्त गर्दै सफलता तिर लागिरहेको प्रतिबेदनमा मार्फत जानकारी गराउनु भएको थियो भने संस्थाका कोषाध्यक्ष कृष्ण बस्यालले आर्थिक प्रतिबेदन पर्स्तुत गर्दै हरेक जातीय क्षेत्रिय सस्थाहरु लगायत अन्य सामाजिक संस्था परोपकारका क्षेत्रमा आर्थिक खर्च गरेका पनि संस्थामा रकम बचतको रुपमा रहेको जानकारी गराउनु भएको थियो | साधारण सभा अन्य स्थानको तुलनमा नेपालीको अत्यधिक बहुलियता रहेको स्थान दोंग्देमुनमा आयोजना गर्नले पत्रकार तथा गैर पत्रकारको समेत बाक्लो उपस्थिति रहेको थियो |
नेपाल पत्रकार महासंघ रास्ट्रको चौथो अंगको रुपमा परिभाषित गरियता पनि यहाँ भित्र धेरै समस्यासंग संघर्ष , चुनौती र त्याग गर्नु पर्ने अवस्था रहेको छ | पत्रकारका सुरक्षा पत्रकारिता बापतको पाउनु पर्ने उचित पारिश्रमिकको शुनिस्चित नभएको अवस्था छ | त्यसै गरि प्रबाशमा रहेर गरिने पत्रकारिताले पार गर्नु पर्ने खुड्किल्ल्हारू लामबद्द छन् | त्यसका बाबजुद पनि प्रबासी भूमिमा रहेर पत्रकारितालाई निरन्तरता दिनु नै सफलताको श्रेयको रुपमा लिन सकिन्छ |
साधारण सभामा पूर्व अध्यक्ष रघु त्रिपाठी , निवर्तमान अध्यक्ष तथा महासंघका प्रमुख सल्लाहकार खेम कार्की , महासंघका कोरिया अध्यक्ष अशोक मैनाली तथा सचिव विशाल गहतराजले आफ्नो अनुभव समेत शेयर गरेका थिए ।
यसैगरी कोरियाका रहेका पत्रकारहरुलाई प्रशिक्षणको लागि नेपालबाट अनुभवी पत्रकार मार्फत तालिम प्रदान गर्न थप तयारी समेत गरिने भएको छ ।

भेलाले महत्वपुर्ण विषयमा छलफल गरेको छ । 
१.संस्थालाई थप दिगो र क्रियाशिल बनाउन आवश्यक गृहकार्य गरी तालिमको व्यवस्था गर्ने जसको लागि आवश्यक परे नेपालबाट दक्ष पत्रकार ल्याएर प्रशिक्षण दिने ।
२ संस्थालाई आर्थिक रुपमा मजबुत राख्न र सामाजिक क्षेत्रमा योगदान दिन नेपाल पत्रकार महासंघ कोरियाले आगामी चुसकमा सांस्कृतिक कार्यक्रम गर्ने ।
३.कोरियामा रहेका विभिन्न अनलाईन तथा पत्रकारहरुलाई महासंघमा आवद्ध गर्ने र रेकर्ड राखी विभिन्न कार्यक्रममा पत्रकारहरुलाई प्रवेशमा गरेको निशेधको भत्र्सना गर्दै पत्रकारहरुको सूचना पाउने हकलाई रक्षा गर्न थप संघर्ष र समन्वय जारी राख्ने । पत्रकारहरु विरुद्ध गरिएको गलत प्रवृत्तिलाई चिरेर अगाडी बढने ।
४ राष्ट्रको चौंथो अगंको रुपमा रहेको पत्रकारहरु र यसको साझा संस्था नेपाल पत्रकार महासंघ कोरियालाई अझ क्रियाशिल बनाउन कोरियामा रहेका पुराना तथा भर्खर आएका पत्रकारहलाई महासंघमा सक्रिय गराउने ।
५.नेपाल पत्रकार महासंघमा आवद्ध हुने चाहने पत्रकारहरुलाई यही फ्रेबुहरी २० देखि मार्च मसान्त सम्म नया सदस्यता आव्हान गर्ने र पुराना सदस्यहरुलाई रिनो गर्न समय सिमा निर्धारण गर्ने । लगातार २ वर्ष सम्म रिनो नभएमा नेपाल पत्रकार महासंको विधान अनुसार स्वतः सदस्यता रद्ध हुने हुदा अनिवार्य सदस्यता रिनो गराउन जानकारी गराउने ।
६.संस्थाको कार्यसमितिमा रहेका सदस्यहरु अरु संघ सस्थामा प्रमुख पदमा बस्दा कार्यसमिति बैठक देखि कार्यक्रम समेतमा असर देखिन गएको हुदा अन्य संघ संस्थाको प्रमुख पदमा रहेका व्यक्ति पत्रकार महासंघको प्रमुख पदमा नबस्ने र पत्रकार महासंधका पदाधिकारीलाई आफ्नो कार्यकाल भरी अन्य संघ संस्थाको प्रमुख पदमा नबस्ने गरी आगामी अधिवेशन देखि लागू गराउने ।
७.प्रत्येक सदस्यले अनिवार्य रुपमा आफ्नो सदस्यता वार्षिक रुपमा रिनो गर्न तथा संस्थाको गतिविधिमा सक्रिय ढंगले अघि बढन थप समन्यव गरेर अगाडि बढने ।

No comments:

Post a Comment