नमस्ते नेपाल कोरिया संवाददाता
नेपाली बिधार्थी समाज दक्षिण कोरिया (SONSIK)ले ११औ साधारणसभामा प्रतिबद्धता जनाए बमोजिम “SONSIK छात्रवृति”को स्थापना तथा वितरण गरेको छ l
यहि फेब्रुअरी १५ तारिक मा तनहु जिल्लाको दुर्गम गाबिस क्यामिन -६ बर्लाचीमा अवस्थित सोमाजन प्रा वि मा अध्यनरत गरिब तथा जेहन्दार पृष्टभूमिका ८ जना छात्रा तथा ८ छात्र गरी कुल १६ जना बिधार्थीलाई सोनसिक सभापति बिमल सुबेदी, १० औ कार्यसमिति उप सभापति निरन्जन कोइराला तथा सदश्य सुमन पौडेल लगायत बिधालय व्यवस्थापन समिति, प्राचार्य, शिक्षक, अभिभावक, बिधार्थी तथा स्थानीय जनसमुदायको उपस्थितिमा पाठ्यपुस्तक तथा खेलकुद सामग्री हस्तान्तरण गरी अपौचारिक रुपमा SONSIK छात्रवृतिको सुरुआत गरिएको हो! नेपाली बिधार्थी समाज दक्षिण कोरिया (SONSIK)११औ कार्यसमितिले, पाठ्यपुस्तक तथा खेलकुद सामग्री वितरण बाट सुरुभएको छात्रवृतिलाई आउदो शैक्षिक सत्रबाट SONSIK११औ कार्यसमितिको खातामा छात्रवृति शीर्षकमा संचित रकमको बैंक ब्याज बाट प्राप्त हुने रकम वा अन्य स्रोतबाट उपलब्ध हुन आउने रकमबाट सम्बन्धित बिधालयको सिफारिश मा सोनसिक कार्यसमिति बाट छनोट भएका विधार्थीलाई बार्षिक रुपमा आवस्यक पोशाक, पाठ्यपुस्तक, तथा झोला वितरण गरिने कार्ययोजना बनाइएको जानकारी गरिन्छ!
नेपाली बिधार्थी समाज दक्षिण कोरिया (SONSIK) ,यस स्थान सम्म पुराउन आफ्ना अग्रज, शुभचिन्तक सल्हाकार ,सहयोगी तथा सदश्यहरुले दिदै आउनु भएको सहयोग र सद्भावका लागि धन्यवाद दिदै आजको यस सफलता उहाँहरुमा समर्पित गरेको जनाउदै छात्रवृतिलाई थप परिष्कृत र परिमार्जित रुपमा संचालनका लागि आवस्यक सहयोग सदभाव र मार्गनिर्देशनको लागि अनुरोध गरेको छ!

No comments:
Post a Comment