Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, January 12, 2015

इपिएस भाषा परीक्षा पास गर्ने सबै कोरिया जान पाउने

नमस्ते नेपाल कोरिया डट कम 
रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा पास गरी बसेका सबै नेपाली युवा कोरिया जान पाउने भएका छन् । श्रम तथा रोजगार मन्त्रालयले सन् २०१५ जनवरीदेखि डिसेम्बरसम्म छ हजार चार सय ३१ नेपाली लैजाने घोषणा गरेको छ । कारोबार दैनिकमा समाचार छ ।

मन्त्रालयद्वारा प्रकाशित तालिकाअनुसार चालू वर्ष ईपीएसमार्फत जाने १५ देशका कामदारमध्ये नेपाल तेस्रो प्राथमिकतामा छ । पहिलोमा कम्बोडिया र दोस्रोमा इन्डोनेसियाका कामदार परेका छन् । कम्बोडियालाई नौ हजार एक सय ३० र इन्डोनेसियालाई छ हजार सात सय १२ जनाको कोटा छुट्टयाइएको छ ।

त्यस्तै भियतनामलाई छ हजार चार सय, थाइल्यान्डलाई पाँच हजार चार सय ९५, श्रीलंकालाई चार हजार दुईसय ९४, उज्बेगिस्तानलाई चार हजार दुई सय ५९, मियान्मालाई तीन हजार नौ सय ८१, फिलिपिन्सलाई दुई हजार ८ सय ८२, मंगोलियालाई दुई हजार सात सय २६, बंगलादेशलाई एक हजार चार सय ५३, इस्ट टिमोरलाई पाँच सय ६४, पाकिस्तानलाई सात सय ३१, क्रिगिस्तानलाई दुई सय २६ र चीनलाई एकसय ६८ छुट्टयाइएको छ ।

No comments:

Post a Comment