नमस्ते नेपाल कोरिया संवाददाता |
स्थापनाको भएको केही समय मात्र भएको ठकुरी समाज दक्षिण कोरियाले दीर्घकालिन रुपमा नेपाल हाउस सन्चालन गर्ने काममा १० लाख कोरियन वन सहयोग गर्ने निर्णय गरेको छ । प्रवासी जीवनमा आइपर्ने नेपालीहरुका विविध समस्यालाई दृष्टिगत गरी नेपाल हाउस निर्माण गर्ने महान योजनामा सहयोग गर्ने निर्णय गरेको ठकुरी समाजले जनाएको छ । साथै धेरै रकम सहयोग गर्न नसकेकोमा समाजका अध्यक्ष विक्रम सिहं ठकुरीले दुखेसो समेत पोखेका छन् ।
थोपा थोपा मिलेर सागर बन्छ भने जस्तै कोरिया स्थित सम्पुर्ण संघ संस्थाहरु तथा सम्पुर्ण नेपाली दाजुभाई दिदी बहिनीहरुलाई मन खोलेर यस पवित्र कार्यमा सहयोग गरिदिनका लागि आग्रह समेत गरेको छ । नेपालीहरुको बिचमा एकता, मेलमिलाप र खास गरी आपत–विपत परेको बेलामा सहयोग गर्ने हेतुले खोलिएको ठकुरी समाजले विगतमा सुनकोशी पिडित परिवारलाई ४८ लाख वन संकलन गरी प्रत्यक्ष वितरण गरी आफ्नो पहिचान स्थापित गरि सकेको छ । आगामी दिनहरुमा यस्तै परोपकारी कामहरुलाई निरन्तरता दिइरहने पनि संस्थाले जनाएको छ ।

No comments:
Post a Comment