Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, January 1, 2015

धरान कोरिया सहयोग समितिको नया बर्ष डान्स पार्टी सम्पन्न [ फोटो फिचर सहित ]

रमेश खावाजु ,दक्षिण कोरिया -
गत २७  डिसेम्बर  सनिबार बेलुकी   कोरियामा  धरान कोरिया सहयोग समिति द्धारा आयोजित नयां बर्ष डान्स पार्टी भब्य रुपमा सम्पन्न भएको छ l
फोटो - युदिप फोटोग्राफी 
 दक्षिण कोरियाको राजधानी सउलको दोङदेमुन स्थित रेशम फिरिरी रेस्टुरेन्टमा करिब बेलुकी ९ बजे डान्स पार्टी सुरु भएको थियो l धरान भ्यू टावर निर्माण तथा  कोरियामा रहेका धरानेहरुबीच एकआपसमा भाइचाराको संबन्ध बढाउन अंग्रेजी नयां बर्ष २०१५ को अवसर पारेर  गरिएको  डान्स पार्टीमा करिब सय जना भन्दा बढी नेपालीहरु सहभागी भएका थिए l डान्स पार्टीमा सहभागी युवा युवतीहरु स्वादिष्ट नेपाली परिकारको स्वाद लिदै नेपाली ,हिन्दि , अंग्रेजी  गीतहरुमा  नाचेर रमाएका थिए । सो कार्यक्रममा  एक आपसमा अंग्रेजी  नया बर्ष २०१५  को शुभकामना पनि साटासाट गरेका थिए l कार्यक्रममा सहभागी भएका झापाका गणेश लिम्बुले कोरियाको कडा कामलाइ थातीमा राखेर नेपालीहरु एक आपसमा भेटघाट गरेर नाचगान  गर्न पाउदा  निकै रमाइलो भयो र एकै छिन् नेपालमा बसेको जस्तो महशुस पनि भयो l त्यस्तै धरानकी श्रदा लिम्बुले प्रवासको जीवनमा  आफ्नो गाउँ ठाउँका साथीहरु, दाजुभाइ  दिदीबहिनीहरुसीत  भेला भएर .केहि छिन भए नि आफ्नो ठाउँलाइ बिर्सी रमाइलो गरि नाचगान गर्यौ ,धेरै रमाइलो भयो  l  यसरी  नव बर्ष २०१५ को अवसरमा मिठो नेपाली खानाको साथमा  सुभकामना आदान प्रदान गर्दै  नाचगानमा सहभागी हुन् पाउदा एकदमै  खुसि लागेको बताइन l



दक्षिण कोरियामा रहेका धरानबासीहरुलाइ आपत बिपत पर्दा सहयोग गर्ने उदेश्य स्थापित  सक्रिय संस्था धरान सहयोग समितिले सामाजिक मनोरन्जनका कार्यक्रमहरु गरिरहेका छन् भने विभिन्न खेलकुदका कार्यक्रमहरुमा पनि सहभागी भैरहेका छन् l हाल  नेपालको धरानमा भ्यु टावर निर्माण गर्ने उदेश्य लिएर संस्थाले गत छुसकमा सांस्कृतिक कार्यक्रम गरिसकेका छन् l  आउदा दिनहरुमा पनि विभिन्न कार्यक्रमहरु गर्ने संस्थाका अध्यक्ष डम्बर सुब्बाले नमस्ते नेपाल कोरिया डट कमलाइ बताए l अध्यक्ष सुब्बाले भ्यु टावर निर्माण सहयोगार्थ आयोजित नया बर्ष डान्स पार्टीमा  सहभागी भएर कार्यक्रमलाइ  भब्य रुपमा सफल पारिदिनु सम्पूर्ण नेपालीहरुलाइ  धन्यबाद ब्यक्त गरेका छन्  l





No comments:

Post a Comment