Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, January 4, 2015

विदेशको मजदुरीले छोराछोरी डाक्टर, इन्जिनियर र सीए

 मीनप्रकाश उप्रेती ,सउल । 
विदेशमा मजदुरी गर्दै आफ्ना छोराछोरीलाई डाक्टर, इन्जिनियर र सीए  पढाउन सफल मजदुरहरू उदारणका पात्र बनेका छन् ।

काभ्रेका विष्णु उप्रेतीको काम कोरियाको गाई फर्ममा हो । उप्रेती रोजगार अनुमति प्रणली (ईपीएस) बाट कोरिया आएका हुन । उनको काम गर्ने कुनै निश्चित समय छैन । उनी चोबिसै घण्टा उक्त कामको लागि खटिरहरेका हुन्छन् । उनका हातका औला र खुट्टाका कुर्कुचाहरु फुटेका छन् । खुल्ला स्थानमा काम गर्दा  कोरियाको उच्च गर्मी र  चिसोलाई उप्रेतीले सहज रूपमै लिएका छन् ।


काम, जाडो र गर्मीको सबै दुःख उनी छोरी रुबिसा उप्रेतीको डाक्टरको पढाइमा बिर्सन्छन् । १९ वर्षीय रुबिसा उप्रेती सिनामंगलको केएमसी कलेजमा डाक्टर अध्ययनमा छिन् । उनको सबै खर्च कोरियाकै कमाइबाट  विष्णु उप्रेतीले गर्दै आएका छन् ।

उता छोरा  रुबिसा उप्रेती आर्इटीको अन्तिम परीक्षाको तयारीमा छन् । विदेशबाट  आफूले मेहनत गरेर पठाएको पैसा भन्दा छोरा छोरीको लगनशिलता नै ठूलो भएको विष्णु बताउँछन । हाल काठमाण्डैा कपनमा बस्दै आएको विष्णु भन्छन्– पैसा भएर पनि लगनशिलताको कारणले पढ्न नसकेको धेरैको देखेको थिए तर आज मलाई गर्व गर्ने ठाउँ मेरा छोरा छोरीबाट पाएको छु । विदेशमा काम गर्दाको दुख छोराछोरीको मेहनत सम्झिएर भुल्ने गरेको उप्रेती बताउछन ।

उता पाल्पाका तिलक रायमाझी कोरियाको कृषि फर्ममै काम गर्छन् । बिहान चार बजेदेखि उनको दैनिक कार्य सुरु हुन्छ । साँझ नैा बजे सम्म उनी त्यही काममा ब्यस्त हुन्छन् । विगत चार वर्षदेखि उनको दिनचर्या कोरियामा यसरी नै बित्दै आएको छ । कोरियामा कठिन कामको रूपमा चिनिएको बङ्गुर पालनमा काम गर्दा तिलकले अलकत्ति पनि दुःख मानेका छैनन् । किनकि त्यही दुःखबाट कमाएको पैसाले उनी छोरालाई चर्टर एकाउन्टेन्ट र छोरीलाई स्टाप नर्स पढाउदै  छन् ।

सामान्य परिवारका तिलक कोरिया प्रवेश गर्नु अघि ड्राईभिङ्ग पेसाले पारिवार धान्दै आएका थिए ।  छाकमात्रै टार्दै आएको यो पेसाले कसरी छोराछोरीलाई राम्रो शिक्षा दिन सकिएला भन्ने चिन्ता भई रहेको अवस्थामा ईपीएस पास गरी कोरिया आएको तिलक बताउँछन । पढाई राम्रो थियो उनीहरूले चाहेको शिक्षा दिन सक्छु कि सक्दिन कि भन्ने थियो  ।तर आज कोरियाले पुरा गरिदिएको तिलकको भनाई छ  ।

तिलकका छोरा गहन रायमाझी अहिले ईन्डियाको ब्याङ्गलोर बिश्वबिध्यालयमा चार्टर एकाउन्टको अध्यानमा छन् । उनलाई चाहिने सम्पूर्ण खर्च आफूले कोरियामाकाम गर्दै पठाउने गरेको तिलकले बताए । छोराछोरीको पढाई राम्रो थियो नेपालमा हुदा  राम्रो शिक्षा दिन सक्ने आर्थिक अवस्था थिएन । तर कोरियाको कमाईबाट यो सबै धान्दै छु । जतिसुकै कठिन काम भए पनि छोराछोरीहरुको बढाइबाट सबै दुख बिर्सिएको भन्दै तिलक सन्तुस्टि व्यक्त गर्छन् ।

पाँच वर्षमा सकिने कोर्षकालागि जम्मा पन्ध्रलाख रुपयाँ खर्चलाग्ने तिलकले बताए । दुईबर्ष पुरा भयो अब तीन बर्ष बाँकी छ । यो सबै खर्च कोरियाको कमाइबाट पार लगाउने तिलकको सोच रहेको छ  । तिलक भन्छन् “यो बङ्गगुरको काममा मलाई कुनै संकोच र चिन्ता छैन, छोराछोरीको सपना पुरा भएको देख्न चाहन्छु ।”

-नेको खबर 

No comments:

Post a Comment