Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, January 4, 2015

दक्षिण कोरियाको आप्रबासी एक नियम

अर्जुन बराल , दक्षिण कोरिया
राष्ट्रपति नै राज्य प्रमुख रहेर निर्देशित गरिने बिश्वका राष्ट्रमध्ये एक हो दक्षिण कोरिया भने चार बर्षका लागि बिशेष सर्तका आधारमा २९९ जना ब्यक्ति राष्ट्रिय सभाका लागि चुनिन्छ । दक्षिण कोरियाको न्यायिक प्रणाली अन्र्तगत सर्बोच्च अदालत,पुनराबेदन अदालत र संबैधानिक अदालत रहेका छन् । सिओल,पुशान,ईन्छन्,थेगु,क्वांग्जु र थेजन् गरि छ प्रशासकिय शहर को साथमा नौ प्रदेशमा देशलाई छुट्टार्ईएको छ ।


दक्षिण कोरियामा बिदेशीका लागि दुई प्रकारमा बर्गीकरण गरि कानुन घोषणा गरिएको छ जसमध्ये एक कोरियामा स्थापना भई ब्यापार ब्यबसायमा संलग्न कर्पोरेट संस्था एंवम ब्य
बसायीहरु दोस्रोमा आप्रबासी कामदारहरु । नेपाल लगाएत बिश्वका १५ राष्ट्रबाट  रोजगार प्रक्रिया प्रणालीमा दक्षिण कोरियामा आउँने आप्रबासी कामदारले यसैमा निहित कानुनको परिधीमा रहन्छन् जसलाई श्रम मानक ऐन पनि भनिन्छ जहाँ कामदारको बिमा,सुरक्षा,कामको ढाँचा लगाएतका ऐनहरु समाबेश गरिएका छन् ।

No comments:

Post a Comment