Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, December 20, 2014

चेपाङ्ग बाल बालिकालाई स्विटर तथा स्टेसनरी समान वितरण

निर्मल थपलिया 
धादिंग /पुस/५ 
धादिंग जिल्ला, महादेव स्थान ब्रुसबांग गाउँको अति बिपन्न तथा आर्थिक अवस्था र चेतनाको अभाबले स्कुल जान नसकेका चेपांगका १२ जना बालबालिकालाइ स्विटर तथा पाठ्यसामग्री वितरण गरिएको छ |  घर बिहानै हिडेर महादेव स्थान -४ मा अवस्थित गौरी शंकर सहकारी  १२ बजेतिर आइपुगेका १५ जना बालबालिकालाइ दक्षिण कोरियाबाट फर्कनु भएका निर्मल थपलियाले १२ थान स्विटर १२ दर्जन कपि / ६ दर्जन पेन्सिल/ ६ दर्जन एरेजर वितरण गर्नु भएको थियो |वितरण पछि संगै आउने शिक्षक,अभिभावक र बाल बालिकालाई खाजाको ब्यबस्था गरिएको थियो | उक्त वितरण कार्यक्रममा नेपाल चेपांग संघका सदस्य तिलक चेपांग, रेडियो बिहानीका पत्रकार शम्भु त्रिपाठी, बाल बिकास ब्रुसबांगका शिक्षक शेर बहादुर चेपांग ,श्री बागेश्वरी प्रा.बि.चोतेसको प्रधानाध्यापक बुद्धि माया तामांगको पति सुजन मगर, गौरी शंकर सहकारीका ब्यबस्थापक अमृत बि.क को उपस्थितिमा गरिएको थियो |
 दक्षिण कोरियामा काम गर्न गएका नेपालीहरुको सहयोग र निर्मल थपलियाको पहलमा  बिगत तिन बर्ष देखि लगातार यहाँका बालबालिकाको पठन पाठनमा सजह पुर्याउने उदेश्यले बिद्यालय पोशाक तथा पाठ्य सामग्री वितरण गरिदै आएको छ  |२०५९ सालको दशैंमा धादिंग समाज कोरियाले निर्मल थपलियाको सक्रियतामा कम्मल, लत्ता कपडा तथा खाध्यान्न वितरण गरिएको थियो |

No comments:

Post a Comment