कमलप्रसाद अर्याल ,दक्षिण कोरिया l
देशको अवस्था, राजनीति अर्थतन्त्र ,कला सस्कृति र सम्पूर्णलाई नियाल्दा समस्याको पहिचान नभए जस्तो लाग्दै छ l समाधानपूर्व समस्याको पहिचान गरिनु पर्छ अनि बल्ल वैज्ञानिक समाधानको मार्ग प्रशस्त हुन सक्छ, भनिन्छ यो सत्य हो l पहिलो संविधानसभाको असफलता र कमजोरीको राम्रो अध्ययन हुन सकेन अध्येताहरूको अभाव नै हो l राज्यको आवस्यकताको पहिचान नगरी पार्टीगत दम्भमा फसेर वा फसाएर चटक देखाउनमा नै व्यस्त छन हाम्रा देशका नेताहरू अब यसको समाधानको सही पहिचान हुन सकेन भने राज्यले ठुलो घाटा बेहोर्नु पर्ने छ l नेतृत्व गर्नेहरू असफलतालाई आफ्नो जिम्मेवारी ठान्दैनन् केवल सफलताको दिवास्वप्नमा पद प्रतिष्ठाको अहंकारमा अन्धो भएर हुनसक्ने दुर्घटनाप्रति लगाम लगाएको घोडा झैँ हिड्नु राजनैतिक दलको सस्कार र धर्म हो यहाँ देशको आवस्यकता र दुरगामी प्रभावप्रति अन्धो भएर हुदैन चेतना जगाउनु आवस्यक छ l अरबौ रुपयाँ डुबाएर उही पहिलो निर्वाचनमा जस्तै जनतालाई अनिर्णयको बन्दी बनाउने नाटक मन्चन हुदैछ l तमाम बुद्धिजीवी भनिएका ,पत्रकार ,शिक्षक ,कर्मचारी र उच्च ओहदाका गनिनेहरू आफ्ना समर्थनमा जितेर जानेले आफ्ना स्वार्थ पूरागर्न सहयोग गर्लान् भन्ने आशामा अन्धो भएका छन् उता दलका नेताहरू जीत हारको खेलमा प्रतिष्पर्धी बनेका छन् यहाँ देशलाई नियाल्ने फुर्सद छैन l
हामी दर्शक भने असफल नाटक हेर्दै छौ छोडेर निस्कौ त पैसा तिरिसकियो हेरौ त कुनै खुराक छैन वाध्यताले ताली पिट्नु पर्ने अवस्था छ l अयोग्य यस्ता नाटकलाई जनताले अवस्य बहिस्कार गर्न सक्नुपर्छ l बहिस्कृत भएका पनि हुन् देशका जिम्मेवार मानिएका ठूला नेताहरू जस्ले सार्वजनिक स्थलमै चड्कन भेटे यसबाट स्पस्ट हुन्छ जनतामा कति आक्रोश छ भन्ने कुरा त्यसैले आज यो निर्वाचन जनचाहना र राज्यको आवस्यकता भन्दा नेताका घमण्डको उपज हो l बन्दुक ,सेना र दमनमा किच्न नसकिएको माओवादी युद्धलाई आज पुनः दमन कै भरमा तह लगाउन सकिन्छ भनेर सोच्नु अदूरदर्शीता नै हो l बैद्य माओवादी जंगलकाल कै एजेन्डामा अगाडि बढेको छ l निस्चय नै त्यहाँ सर्वहाराका निम्ति केही आकर्षण थियो र छ पनि जस्ले गर्दा गरिव जनता आज पनि मर्न र मार्न दराउदैनन l आज चुनाव अघि देखिएका यी ताण्डब बगाहा रोग [ ह्यंग ओभ ]का उपज हुन् l यसले निरन्तर त्रास उत्पन्न गर्ने मात्र हुन् कुनै समाधानको लक्षण देखिदैन यो निर्वाचन सहमतिमा ढालेको भए र यो बजेट बिधुत उत्पादनमा लगाउन सकिएको भए नेपाल अन्धकार मुक्त देश हुने थियो l उद्योग व्यवसायको श्रोत तयार हुने थियो तर यो विजय पराजयले सभासद्लाई तलब भत्ता र सुबिधा बाहेक के नै दिन सक्ला र ? जनता आतंकित छन कसरी मताधिकार सुनिश्चित हुने ? त्यही असफल र नालायक अनुहारलाई भोट हाल्न के नै उत्साह जाग्ने हो र ? त्यसैले कुनै विकल्पको खोजी तत्काल गरिनु पर्छ l
बैद्यलाई केही सीट सुनिस्चित गरेर अब बन्ने संविधान सभाको सदस्य बनाई यो दुर्घटनालाई न्युन गर्न सकिन्छ l जस्ले गर्दा बैद्य माओवादी पुन जंगल नपसोस माओवादीले आरम्भ गरेको हत्या हिंसाको अभियानले निरन्तरता नपाओस सहमति मै राष्ट निर्माण र विकासको साझा दर्शन निर्माण गरी देशको राजनीति ,अर्थतन्त्र कला सस्कृति र माटो सुहाउदो युग सुहाउदो नया संयुक्ततावादको निर्माण होस् l जुन वाद देशको आवस्यकता अपरिहार्यता विकास शान्ति र सिर्जनशीलतामा केन्द्रीत होस् l विदेशीको भूत जगाएर हत्या हिंशाको साधना गरेर सभ्य समाज निर्माण हुन सक्दैन l त्यसैले नेपालको आवस्यकताको सही पहिचान गरी मौलिक देश र जनताको अवास्यकतामा आधारित नयाँ चिन्तनका आधारमा समस्याको सही पहिचान गरी समाधन निकलियोस l गैर जिम्मेवारपूर्ण ढङ्गले राज्यमाथि खेलवाड नगरियोस् यो सचेत देशभक्त नागरिकको चुनौति र चेतावनी हो l

No comments:
Post a Comment