Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, December 19, 2014

कोरियाली श्रम प्रणाली परिवर्तन गर्न आवश्यक : कोरिया विकास संस्थान

 कृष्ण पुरी ,नमस्ते नेपाल कोरिया संवाददाता 
कोरिया विकास संस्थान (KDI)  ले भर्खरै सम्पन्न गरेको रिसर्च प्रतिबेदन अनुसार कोरियाको श्रम ज्याला प्रणाली र काम गर्ने समय  घण्टाको मामलामा "कोरिया श्रम संरचना" धेरै  लचकता हुनुपर्ने  ठहर गरेको  छ।

एकातिर बेरोजगारी  र अर्कोतिर  कोरियामा काम अत्याधिक  चाप हुँदै गइरहेका कारण  गम्भीर सामाजिक मुद्दा बढ्नुका साथै  कठिनाई हुनु , कम्पनीहरु आ- आफ्नो पुरानो जमानाको श्रम प्रणालीमा  अडिग रहनु , कार्य अवधि लामो हुनु ,वरिष्ठतामा  आधारित ज्याला सिस्टम हुनु ,  सार्बजनिक बिदामा पनि काम गर्न बाध्य पारिनु , आरामको समय कम हुनु आदि बुदाहरुमा  जोड दिइएको थियो l
गत बर्षको तथ्यांकअनुसार अनुसार कोरियाको  कार्य अवधि  औसतमा २,०७१ घण्टा थियो जुन ओ.ई.सी.डी. राष्ट्रको औसत घण्टा भन्दा ४०० घण्टा बढी हो  भने अझै कोरिया  काम उत्पादकत्वमा ३४  सदस्य राष्ट्रहरूबीचमा २४ औ  स्थानमा छ ।

अत लामो समयसम्म काम घण्टा हुनाले बिशेषगरि महिला र युवा कर्मचारीहरुमाथि  प्रवेशमा  बाधा पुर्याउँछ। शुरुवातको लागि सरकार, सान्दर्भिक व्यवस्था प्रस्ताव र सार्वजनिक क्षेत्र श्रम प्रणालीमा संरचनात्मक परिवर्तन हुनुपर्छ l
"सरकारले पहिला  सार्वजनिक क्षेत्रमा लचिलो काम प्रणाली अपनाएर अभ्यास अनुरुप  निजी कम्पनीहरु संग पनि   साझेदारी गर्नुपर्छ।" प्रतिबेदनमा समेटिएको छ l

No comments:

Post a Comment