Sunday, December 7, 2014

सामाजिक अनुशासन सरोकार समितिका प्राक्काल्पनिक एजेन्डाहरू

कमलप्रसाद अर्याल ,दक्षिण कोरिया 
सामाजिक दायित्व बोध भएकाहरू  आफ्ना अगाडि भएका  बेथिति  विसंगति  देखेर  मौन बस्न सक्दैनन्  l समाजमा  विद्यमान  विसंगतिको अन्त्य गर्न केही जटिलताहरू निश्चित रूपमा होलान्  हामीलाई विस्वास छ हामी ती खराब  तत्वलाई निर्मुल   गर्न  सक्छौ l आफू जहाँ  बसिन्छ त्यही एक प्रकारको समाज हुन्छ दक्षिण कोरियामा  रहेको नेपाली समाज हाम्रो वर्तमान समाज हो l हामी यहाँ  जीवन भोग्दै छौ l बाँचे नेपाल फर्किएला नत्र हामीले यहीको  सामाजिक यथार्थबीच जिउनु नै पर्छ l यो समाज सुन्दर होस् ,रचनात्मक होस् ,र  विसंगति रहित होस् भन्ने हाम्रो चाहना हुन्छ l हामीले उठाउने समस्या मध्येको पहिलो समस्या हो  १-' सामाजिक धनको पारदर्शिता 'हामीलाई कुनै वादविवाद तर्क बितर्क गर्ने रहर होइन l सामाजिक धन अमृत सरह पवित्र हुन्छ यसले समाज र समुदायको हीत गर्छ l हामी केवल सामाजिक प्रयोजनका  निम्ति  उठेको रकम के भयो ? सही सदुपयोग भयो भएन त्यसको  निरिक्षण ,अनुगमन,सुरक्षाको मामलामा केन्दित रहने छौ l सरोकारवालाले  इमान्दारी साथ वास्तविकता बताएर सहयोग गरे  यस सस्थाको उत्तरदायित्व पनि सकिन्छ,  पवित्र हुन्छ तर व्यक्तिगत प्रयोजनमा प्रयोग भएमा त्यसले  इभोला  भाइरसले भन्दा कडा असर गर्छ ,चरित्रमा  स्याउ स्याउ कीरा फल्छ l हामी हाम्रा मित्रहरूको  चरित्र सोडा हालेर सफा गर्ने छौ ,यो हाम्रो दायित्व हुनेछ l खल्तीमा हालिसकेको भए  हतारमा  कमिज फुकालेर फाल्दा हुन्छ यो सामाजिक धन तातो कोइला भन्दा घातक हुन्छ l  हो, यसले  पोल्यो भने कुनै उपचार छैन l
पहिला विवादमा  आइसकेका विज्ञान राईको उपचारबाट बचेको पैसा कहाँ छ र के गरियो ? त्यसको प्रष्ट बुझिने भाषामा  सरोकार वालासित हिसाब मागिने  छ l दिल शोभा सम्मानमा उठेको रकम  समितिले  बुझाएको ,दिलशोभाले फिर्ता गरेको  संचार माध्यममा ब्यापक तर्क बितर्क भए पत्रकारको खुराक बन्यो तर प्रष्ट  निष्कर्षमा के भयो र कसरी टुंगियो अझ  हामी  सहयोग दाता अन्योलमा छौ l त्यसको हिसाब प्रष्ट बुझिने भाषामा आधिकारिक मागिनेछ l सेरभ बचाऊ अभियानको पनि हिसाब किताव पारदर्शी गर्न जिमेवार समितिलाई दवाव दिनेछौ l  सलनाल छुसकमा हुने ठुला कार्यक्रमको रकम कति उठ्यो कुन प्रयोजनका निम्ति उठाइयो र के गरियो ? आगामि दिनमा  सम्पूर्ण सामाजिक संघ सस्था र सरोकार वाला बसेर एउटा संयत्र निर्माण गरी अन्तशुल्कको स्टिकर  नभएको सामान बेच्न नपाउने  नियम जस्तै  सामाजिक अनुशासन समितिको छापबीना  सामाजिक आर्थिक कारोवार गर्न नसकिने  प्रावधान निर्माण गर्न सक्दो प्रयास गर्नेछौ l कुनै व्यक्तिबाट जमाजिक मर्यादा र  समाजलाई कलंकित बनाउने क्रियाकलाप भएमा सामाजिक  अपराध  ऐन अन्तर्गत कारबाहीका निम्ति समितिले निवेदन गर्नेछ l
त्यस्तै अर्को विषयवस्तु २- नेपाली दुतावास सम्बन्धमा  रहने छ l के हो दुतावास ? हामी कतिपयलाई जानकारी नहुन पनि सक्छ,  हाम्रो पाठ्यक्रमले दुतावास के हो काम कर्तब्य र अधिकार के हो ? जनताले लिनसक्ने  सुविधा के के हुन् ? त्यसका बारेमा जानकारी नहुँदा  दुतावासबाट पासपोर्ट बनाउन मिल्छ दाइ? मेरो पासपोर्टको म्याद सकिएको छ ,भन्ने साथीहरूसमेत कुनै बेला भेटिएका छन् l दुतावास आफ्ना देशका नागरिकलाई प्रवासमा रहँदा पनि देशसंगको सम्पर्क ,कार्यसम्पादनमा समस्या नहोस् , कुटनैतिक सम्बन्ध राम्रो बनोस् , सम्बन्धित देशका नागरिकले राज्यका कुनै हकबाट बन्चित रहनु नपरोस् भनी स्थापना गरिएको आदर्श ,गरिमामय सस्था हो जसले आवस्यक परे कार्यपालिका ,न्यायपालिका र व्यवस्थापिका यी तिनै अंगको काम गर्नेछ l जनताले यी तिनै अंगको हकबाट बन्चित हुनुपर्ने छैन भनी स्थापना गरिएको  आदर्श सस्था हो l
दुतावासका सम्बन्धमा उठेका समस्या , प्रवासी नागरिकको बिदाको दिन दुतावास नखोलिनु ,अन्यदिन दुतावास जाने फुर्सद नहुनु ,पत्रकार हुँ भन्ने र राजनीति गर्छु भन्नेले अनेक आरोप लगाउनु , दुतावासले गैर जिम्मेवार काम गर्यो , बैवाहिक भिसामा आएकाको सम्बन्धमा केही गर्न सकिन्न भन्यो ,प्रवासी मजदुर सय किलाको बोरा बोक्न सक्ने हुनुपर्छ भन्यो ,राजनीति गर्यो ,दुतावास प्रमुखले ब्यापार गर्यो l मान्छे ल्याएर लुकायो , यस्ता समाचारले दुतावास अत्यन्त  कलुषित भएको प्रचारवाजी भएका छन् l त्यसका आडमा  कसैले अनावस्यक  लाभ उठाउने प्रयत्न गरेका छन् l उदाहरणका निम्ति 'माइग्रेन्ट सेन्टरले एउटा कार्यक्रम राख्यो यो कार्यक्रम भब्य सभ्य र उत्कृष्ट होस्  महामहिम राजदुतको प्रमुख आतिथ्यमा सम्पन्न होस् दाइ, कसैले फोन गर्यो l त्यस्ता गनाएका मान्छे बोलायौ भने कुनै नेपाली आउदैन ,बरु यहाँ कै समाजसेवीको प्रमुख आतिथ्यमा सम्पन्न भए  गरिमामय हुनेछ l केहीदिनमा कार्यक्रम सम्पन्न भयो प्रमुख अतिथिको ब्याज आफै भिरेर आयो  l हरेक दिन देखिने ठाउमा  प्रमुख अतिथिको   ब्याज  सजाएर सुम्सुम्याउदै देख्यौ ?मेरो कला  ,भनेर  कोठाका साथीहरूसित गर्व गर्छ  l केही दिन मै कुनै सस्थाले सम्मान गर्यो,  त्यही दुतावास प्रमुखसित कुम जोडेर बस्छ,गानाएको  दुतावास प्रमुखको हस्ताक्षर भएको सम्मान पत्र हात पार्न पाएकोमा पुरुषार्थ सिद्द गरेको घमण्ड गर्दै तन्किदै र मर्किदै कोठामा आएर  तिनै मजदुर साथीकाबीच घमण्ड पोख्छ l आफू राजदुत भन्दा महान् भएको घमण्डमा गर्दै शाशन गर्न खोज्छ l दुतावास प्रमुख गानायो  , दुतावासले मजदुरका हीतमा काम गरेन ,जसले गर्दा समस्या समाधान गर्दैन, दुतावासले थर्काएर पठाउछ भनेपछि समस्यामा परेको मजदुर समस्या लिएर दुतावास जादैन बरु आत्महत्या गर्छ l कुनै पत्रकार हुँ भन्दै  समस्या भएको साथी खोजेर संगै लान्छ ,दुतावस प्रमुखलाई चिमोट्छ दुतावास प्रमुख बिच्किन्छं ,पत्रकारको खुराक बन्छ , राजदुत पत्रकारले चिमोट्यो भन्दैनन् ,पत्रकार भनाउदो मैले चिमोटें भन्दैन l पीडित दुखी हुन्छ  समस्या ज्यू त त्यू भए पनि  दुतावास खराब भन्ने महापुरुष हुन्छ दुतावास प्रमुख गनाउछ l
दुतावास प्रमुख दुतावासमा लास गनेर बस्ने ,समुदाय दुतावास गनायो ,गैर जिम्मेवार भयो ,अबैध कार्य गर्यो भन्ने ,प्रचारवाजी गर्ने लाहुरे दुतावास प्रमुखको सट्टा प्रमुख अतिथिको ब्याज भिरेर हिड्ने ,सम्मानित हुने ,बाकी मजदुर  साथी सय किलाको बोराले च्यापिने ,शारीरिक मानसिक हिंसा बिरुद्द आवाज उठाउन नसक्ने बरु आत्महत्या गर्नु ठीक ठान्ने ,समवेदना कार्यक्रम आयोजना गर्ने र तिनै दुखान्त आत्महत्याका कारकहरू आँशु झारेको नाटक गरेर महान् हुने  यसको समाधन अब सामाजिक अनुशासन सरोकार समितिले गर्नेछ l दुतावास प्रमुखलाई  भनिन्छ -'नुहाउनुस गनाएर नबस्नुस तपाइको पनि चारित्र हामी सोडा हालेर धुन्छौ l '
दुतावासबाट भएका गैर कानुनी कार्य ,गैर जिम्मेवार कार्य र अबैध कार्यको विवरण सप्रमाण हामीलाई उपलब्ध गराउनुस l हामी सामाजिक अनुशास सरोकार समितिका तर्फबाट सामुहिक अध्ययन अनुसन्धान गरी  सर्वसाधारणले पनि अख्तियार अनुसन्धान आयोगमा उजुरी गर्ने हकको प्रयोग गर्नेछौ l विधिवत न्यायालयमा मुद्दा दर्ता गर्नेछौ l मंत्री परिषदलाई  जानकारी गराई  दोषी ठहर भएमा अबिलम्ब कारबाही गर्न आग्रह गर्नेछौ l परराष्ट्र मन्त्रालय र विभागमा  निवेदन दिनेछौ l निजामति ऐन संशोधन ,कुटनैतिक नियोग नियमावली र विनियम हेरफेर गरी सार्वजनिक बिदाको दिन दुतावासले सेवा प्रदान गर्नुपर्ने व्यवस्थाको माग गर्नेछौ l राजनैतिक नियुक्ति बन्द गरी  निजामति वा स्वतन्त्र निकायबाट राजदुत नियुक्त गर्न दवाब दिनेछौ l राजनीति गर्ने ,र तथाकथित पत्रकारको खुराक हुदैन, अबको राजदुत र दुतावास , प्रवासीका सम्पूर्ण सेवा उपलब्ध गराउने ,आदर्श सम्मानित  राष्ट्रको प्रतिनिधित्व गर्ने सस्थाको रूपमा परिभाषित गराउनु  यस समितिको दायित्व कर्तब्य र कार्यक्षेत्र  हुनेछ l 

No comments:

Post a Comment