Saturday, December 6, 2014

कोरियाली प्रमुख टिभी च्यानल द्वारा युटुब संग साझेदारी भङ्ग

कृष्ण पुरी ,दक्षिण , नमस्ते नेपाल कोरिया संवाददाता
 ०७ डिसेम्बर,२०१४
 दुई दक्षिण कोरियाली प्रसारण कम्पनीहरु (कोरियाली टिभी  च्यानल) एस.बि.एस. र एम.बि.सी.  युटुब संग साझेदारी भङ्ग गरेका छन् l  युटुब प्रसारण साइटबाट भंग पश्चात   तिनीहरूले नयाँ प्रसारण प्रक्रिया र  स्रोत जुटाउने  प्रयासमा  भिडियो सामग्री प्रदान गर्न स्थानीय वेब पोर्टल संग नै महत्व दिदै  साथ लिएका  छन् l

सियोल प्रसारण प्रणाली (SBS) र मुन्ह्वा  प्रसारण कर्पोरेसन  (MBC) को  डिसेम्बर १ बाट  संसारको नम्बर १  भिडियो-साझेदारी  युटुब साइटमा  आफ्नो नियमित शो को प्रवाह प्रशारण  र नाटक श्रृंखलाहरु  रोकियो। त्यस पछी आफ्नो भिडियो प्रसारण तथा ड्रामाहरु  कोरियाको प्रख्यात सर्च वेब  न्याभर (Naver)  र दाउम ककाओ ( Daum Kakao)  कर्पोरेशन मा उपलब्ध हुने गरि मिलान गरेको छ l उक्त जानकारी  कोरियाको दुवै  टिभीबाट प्रत्यक्ष  जानकारी गराउदै पूर्व युटुब च्यानलबाट कुनैपनि सामाग्रीहरु प्रसारण नहुने र दर्शकहरुमा पर्न गएको असुविधा प्रति क्षमायाचनासमेत गरेको छ l

No comments:

Post a Comment