अर्जुन बराल, दक्षिण कोरिया

टेबुलमाथि चार वटा सोजु (कोरियन् रक्सी) का बोतल छन् जसमध्ये दुई वटा मात्र भरी, मोरो बिहानै सात बजे उठ्छ हतार हतार मुख कुल्ला गरी फ्रेस मुडमा ऐना अगाडी आफुलाई हेर्छ जती हेरे पनि उ आफुलाई हेन्डसम मान्दैन रे ।
कम्पनीको ड्रेसमा सजिदाँ खुब हाँसो उठ्छ रे । आठ बजेसम्म कम्पनी पुगी काममा खटिनुपर्छ उसलाई । हिजो अली अबेरसम्म काम भएछ । थाकेको छ अनी सोजुपनि अली बढीनै धोकेछ मोराले । राती अबेरसम्म खोई कोसँग हो फोनमा कुरा गरेर बस्यो ।
कम्पनी पुग्ने बित्तिकै हिजो अली काम सकिएनछ अबेरसम्म कामगर्दा नी साँहुले सेक्का सिब्बालम्(कोरियन् भाषामा सबैभन्दा नीच गाली) भनी हाल्यो देख्नेबित्तिकै । झनक्क रिस उठेछ मोरालाई फेरि साँहुसँग आफै माफि मागी काम सुरु गर्न थाल्यो ।
कामको व्यस्तताले र ग्रेन्डीङको आवाजले कफी टाईम आज पनि मिस गरयो । खानाखाने समयपनि उसलाई थाहा भएन । सँगै कामगर्ने बंगलादेशी आएर झस्काएपछि खाना खान गयो । आराम आज उसले मात्र तीस मिनेट पाएछ । त्यसको पनि सदुपयोग गरिहाल्यो नेपालमा कलेज पढ्दै गरेकी प्रेमीकालाई मायालु पाराले कुरा गर्यो अनी घरआमाबाबासँग आराम छु भन्न भ्यायो ।
ओहो आज त उसले राती बाह्र बजेसम्म काम गर्नुपर्ने रे । जसरी पनि भ्याउनै पर्छ आज । फानजाङ्(ग्रुप लिडर) ले आएर सुनाएछ । थाकेको छु भन्दानी मानेनछ । सकी नसकी हुन्छ भन्दियो । काम ठगदैन त्यैपनि पारिश्रमिक उसको कम नै छ ।
काम गरयो पनि आज त काम सक्काएछ । छाती चौडा पादै सुस्केरा हालेर कोठामा छिर्यो । नुहाई धुँवाई गर्दा राती एकबज्छ । अनी दिउँसोभरिको थकान मेटाउँन बेलुका सोजु घट्घट् पार्छ कती खेर सुत्छ मोरो । उसको दैनिकी यहि नै हो अरु केहि फरक छैन ।
कोरियन् भाषा परिक्षा पास भएर जब कोरिया आउँने पक्का भयो ऊ आफुलाई संसारको भाग्यमानी मानिसको कोटामा राख्दै सुनौला दिनको परिकल्पना गरेको थियो । आज उसका ती परिकल्पना कति पुरा भय त कति पुरा हुँन नपाई खराब भएका छन् ।
आएको तीन बर्षमा कैयौ चोटी अस्पताल पुगेछ । नेपालमा उसले अझैसम्म बिरामी भएर हस्पिटलको बास बसेको थाहा थिएन रे । आजसम्म उसले कहिल्यैपनि साहुको स्याब्बासी पाएको नी छैन् । जब हप्तामा एकदिन बिदा पाउँछ त्यही आईतबार त्यो पनि बिहानदेखि सोजुको नशा लिन्छ । नत्र जिउँन सक्दैन रे ।
अहिले त खोई घरआमाबाबा सँग स्कार्ईपमा नबोलोको नी धेरै भएछ क्यारे । आमाले फोन गरेर स्काईपमा आउन कर गर्दानी नशामा भएकोले काममा छु भन्दियो । नेपालमा चुरोट रक्सी नखाने मान्छे कोरियामा आएर एक नम्बर अम्मली भएको छ । नेपालबाट आउँदा बहत्तर किलोको शरीर लिएर आएको एकसठ्ठीमा झरेको छ । ग्यास्ट्रीक भएर भन्छ । महिनामा पच्चीस लाख कोरियन वन बुझछ् (नेरु दुई लाख चालीस हजारको हाराहारीमा ) । तर खुसी छैन ऊ । साँहुको ऋण तिर्यो । खेतबारी जोडेको छ ।
भाई बहिनीलाई शहरमा बसालेर पढाएको छ । घर पनि गाउँमा सबैको नजर लाउने नै बनाएको छ । यती गरेरपनि केहि बैक ब्यालेन्स गरेको छ । यती गर्दा नी किन ऊ खुसी नभाको होला ? बेलाबेलामा बिरक्त मान्दै भन्छ जिन्दगीदेखि हारी सकेको छु । परिश्रम गर्दा नी बिरक्त मान्ने तँ नाथे किन मान्छे भएर जन्मेको त आफुले आफैलाई प्रश्न गरेर मनलाई शान्त पार्छ रे । हुन त मान्छेले जीवनको परिभाषा फरक फरक तरिकाले गर्छन मेरो जीवन को परिभाषा पनि फरक खालेनै छ ऊँ थप्छ ।
प्रेमिकालाई कहिल्यै आँशु देखाउँदैन र प्रेमका ललिपप पनि दिदैनरे त्यैपनि उनलाई खुसी बनाउँन सकेको छु भन्दै खित्त हाँस्छ ।
कोरियामा आजसम्म पचासको हाराहारीमा नेपाली युवायुवतीको अकालमा मृत्यु भैसकेको छ । बेलाबेलामा यस्ता जानकारी पनी फेसबुकको वालमा पोष्ट गर्छ । फिलीपिन्स पनि रोजगार प्रक्रिया प्रणालीबाट कोरियामा आफना कामदार पठाउँने देश हो तर कोरियाको सरकारले उनीहरुको कुकमीन (पेन्सन) को ब्यबस्था गरेको छ ।
आखिर किन ? तर हाम्रो देश नेपाल अनी त्यहाँका नेताले जती सक्दो आफना पौरखी हातहरुलाई अर्काको देशमा गुलामी गर्न हौसला दिन्छन् र हामी श्रमकोटा बढाउँन पहल गर्छौ भन्छन । हिजो उसले फेसबुकवालमा पोष्ट गरेको रहेछ ।
बुझ्दै गएको आत्मालाई साछी राखेर उसले भनि छाड्यो प्रदेशमा जसले जती कमाओस् आफना पौरखी हात अर्कालाई साटेर कति दिन चल्छ ।
देशले हामीलाई किन उपयोग गदैन । बर्षेनी तीन लाख युवा बिदेशी भुमिमा भासिएका छन् कती काठको बाकसमा आउँछन् तिनको दुर्रदशा के होला ? श्रमलाई शत्तिमा परिबर्तन गर्न सक्ने हो भने आज हामीमा भएको बीरगोर्खालीको उपमा को महिमा कस्तो हुनेथ्यो ? आखिर गर्ने कसले ? ऊ झस्किन्छ भोली त सोमबार कम्पनीमा आठ बजे नै पुगीसक्नुपर्छ । कति बेला कोठामा आउँने हो थाहा छैन् गिलासमा सोजु भदै मलिनो स्वरमा भन्छ ।

No comments:
Post a Comment