कृष्ण पुरी ,नमस्ते नेपाल कोरिया संवाददाता
आइतबार १४, डिसेम्बर ,२०१४ ,सोल , दक्षिण कोरिया l
-गोप्य राष्ट्रपतिय दस्तावेज सार्बजनिक भएको आशङ्कमा प्रहरी अधिकृतद्वारा आत्महत्या
गत फेब्रुअरीमा नै उक्त राष्ट्रपतिय दस्तावेज लीक प्रकरण पश्चात कार्यालयमा सम्बन्धित अधिकारीहरु चोई र हानका लागि गिरफ्तारी वारंट पत्र दायर गरिएको थियो तर सियोल केन्द्रीय जिल्ला अदालतले उल्लेखखित मुद्दा हेर्दा थुनछेक कारबाही अन्तर्गत कुनै पर्याप्त कारण पेस नभएकाले उक्त मामिला पन्छाएको थियो lसोहि अदालतको निर्णय पछी चोई छुट्टीमा आफ्नो घरमा समय बिताइरहेका थिए।
यस बिषयलाई लिएर अनुसन्धान टिमका एक व्यक्तिका अनुसार जुन दुःखलाग्दो घटना घटेको भन्दै पछुतो समेत ब्यक्त गरेका छन् l
आइतबार १४, डिसेम्बर ,२०१४ ,सोल , दक्षिण कोरिया l
-गोप्य राष्ट्रपतिय दस्तावेज सार्बजनिक भएको आशङ्कमा प्रहरी अधिकृतद्वारा आत्महत्या
दक्षिण कोरियामा एक संवेदनशील राष्ट्रपतिय दस्तावेज लीक (चुहावट) भएको आशङ्कमा एक प्रहरी अधिकृतले शनिबार आत्महत्या गरेका छन् l
![]() |
| तस्बिर- प्रहरी अधिकृतहरु चोई (बाया ) र हान आदलतले मुद्दा फिर्ता गरेपश्चात सउल स्थानीय आदलतबाट निस्कदै |
उक्त दस्ताबेजमा एक प्रमुख राजनीतिक योजना सम्बन्धित कूटनीतिक तयारी आदिको बिषय रहेको अनुसन्धानबाट खुलेको छ l कोरियाको योंहाप संचार एजेन्सीका अनुसार ४५ बर्षिय चोई थरका अधिकृत इन्चन स्थित आफ्नो गृहनगर नजिकै आफ्नो कारमा मृत भेटिएका थिए l एक प्रहरी अन्वेषकका अनुसार उनले आत्महत्याका लागि कार्बन मोनोओक्साइड ग्याँसयुक्त बिषादी सेवन गरेको र बायाँ खुट्टाको जोर्नीमा चक्कुको घाउ समेत भएको खुलाएका छन् l
अनुसन्धानकर्ताका अनुसार, लामो आत्महत्या नोटमा, चोईले आफ्नो परिवार प्रति क्षमायाचनासहित खेद महसुस गर्दै उक्त दस्ताबेजका कारण आफु लज्जित र असहज परिस्थितिमा परेको कारणले आत्महत्या गरेको जनाएका छन्।गत फेब्रुअरीमा नै उक्त राष्ट्रपतिय दस्तावेज लीक प्रकरण पश्चात कार्यालयमा सम्बन्धित अधिकारीहरु चोई र हानका लागि गिरफ्तारी वारंट पत्र दायर गरिएको थियो तर सियोल केन्द्रीय जिल्ला अदालतले उल्लेखखित मुद्दा हेर्दा थुनछेक कारबाही अन्तर्गत कुनै पर्याप्त कारण पेस नभएकाले उक्त मामिला पन्छाएको थियो lसोहि अदालतको निर्णय पछी चोई छुट्टीमा आफ्नो घरमा समय बिताइरहेका थिए।
यस बिषयलाई लिएर अनुसन्धान टिमका एक व्यक्तिका अनुसार जुन दुःखलाग्दो घटना घटेको भन्दै पछुतो समेत ब्यक्त गरेका छन् l

No comments:
Post a Comment