Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, December 14, 2014

"फारान नेपाली ग्रुप" ले नया बर्ष २०१५ कार्यक्रम गर्ने

नमस्ते नेपाल कोरिया संवाददाता 
अंग्रेजी नयाँ बर्ष  2015 को उपलक्ष्यमा "फारान नेपाली ग्रुप" ले December 27 तारिख शनिबारको दिन फारान ह्वासङ सिटी मा रहेको Golden Taaj Mahal Restaurent मा "नयाँ बर्ष बिशेष रात्रि भोज तथा सांगीतिक साँझ 2015" को आयोजना गर्ने भएको  छ।

कोरियामा रहनुहुने सम्पुर्ण नयाँ पुराना नेपालीहरु बिच आपसी सदभावना र सामिप्यता बढाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको ग्रुपका संयोजक चन्द्र सापकोटाले जानकारी गराउनुभयो। उहाँले बिगतमा घटेका भोगेका सबै दुख कष्टहरुलाई बिर्सेर 2015 ले सुनौलो आयाम थपिदियोस भन्ने मनोकांक्षा र नयाँ उमंग को साथ एक आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ बर्ष 2015 लाई भब्य  रूपमा स्वागत गर्न गइरहेको ले कोरिया बासी सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थितिका लागि आग्रह गर्नुभएको छ।
          कार्यक्रममा "रोधी ब्याण्ड" का कलाकारहरूले  विभिन्न नेपाली मौलिक धुन र विभिन्न गीत संगीत को कोशिली पस्कदै नयाँ बर्षलाई संगीतमय बनाउने छन्। कार्यक्रममा उपस्थित सबैले आफ्नो  चाहाना अनुसारको गीत गाउन र सुन्न सकिने छ। कार्यक्रमको समय सीमा  साँझ 7  बजे देखि शुरु गरि राति 12 बजे सम्म तोकिए पनि उपस्थित महानुभावहरुको चाहाना अनुसार कार्यक्रम समयावधी  थप लम्ब्याउन सकिने समितिको सदस्य शरद पौडेलले जानकारी दिनुभयो। कार्यक्रमको लागि निम्नलिखित ब्यक्तिहरुसंग सम्पर्क राख्न सक्नुहुनेछ।
चन्द्र सापकोटा - 01086912042
शरद पौडेल - 01059495296
अर्जुन गुरुङ- 01092942087

No comments:

Post a Comment