Sunday, December 7, 2014

कियाचुले सलनालक पहिलो दिन सांस्कृतिक कार्यक्रम गर्ने

ऐश्वर्य श्रेष्ठ-सउल,कोरिया   ।
किराँत याक्थुङ चुम्लुङ (कियाचु) दक्षिण कोरियाले आउदो सलनालको अवसर पारेर सास्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

सिरिजंगा सास्कृतिक सौगात भाग ३ नाम दिइएको सो कार्यक्रम आगामी सलनालको पहिलो दिन गर्न लागिएको कियाचुका अध्यक्ष भिमराज चेम्जोङले बताए ।

चाइनिज नयां बर्षको रुपमा मनाइने सलनालको अवसर पारेर गर्न लागिएको सिरिजंगा सास्कृतिक सौगातको उद्देश्य भनेको  लिम्बु भाषाको पाठ्यक्रम बिकासका लागि सहयोग गर्ने रहेको कियाचु अध्यक्ष चेम्जोङले बताए ।
कार्यक्रम तयारी बारे   चेम्जोङ भन्छन्  "शमशेर पन्धाकको संयोजकत्वमा  ५००  सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ  । समितिको सह-संयोजकमा चुम्लुङका उपाध्यक्ष सन्तोष मादेन रहेका छन्  ।
समितिमा संखुवासभा,धनकुट्टा,सुनसरी,मोरङ, तेर्हथुम,ताप्लेजुङ,पांचथर ,इलाम र झापा गरि लिम्बुवानको ९ जिल्लाको प्रत्येक गाउँबाट अनिबार्य सदस्य राखिएका छन्  । त्यस्तै आर्थिक समिति संयोजकमा नोगेन नेम्बाङ र क्षितिज लावती ,प्रचार प्रसार समितिको संयोजक दीपक चेम्जोङ,टिकट वितरण समितिमा उत्तम खजुम रहेका छन् ।"

No comments:

Post a Comment