Sunday, December 7, 2014

कोरियामा भूतपुर्व खेलाडी संघका अध्यक्ष रबि महर्जन पक्राउ

नमस्ते नेपाल कोरिया संवाददाता 
डिसेम्बर ७

 डिसेम्वर ७  तारिकका दिन भुतपुर्व खेलाडी संघ दक्षिण कोरियाका अध्यक्ष रवि महर्जनलाई कोरियन अध्यागमनले पक्राउ गरेको छ । दोङदेमुन स्थित एक नमस्ते  रेष्टुरेण्टको नजिकै उनिलाई पक्राउ गरिएको जनसम्पर्क समितिका सभापति नवराज सिवाकोटीले नमस्ते नेपाल कोरिया बताए । जनसम्पर्क समितिका केन्द्रिय सदस्य समेत रहेका रबि महर्जन सो संगठनले आयोजना गरेको भेलामा महर्जन सहभागी हुन आएका थिए ।


कोरियामा  नेपालीकै कारणले रबि महर्जन पक्रेकोले यसमा कसैको  षडयन्त्र रहेको भापति नवराज सिवाकोटीले बताए । केहि भिषा भएका नेपालीहरुलाई समेत पक्राउ गरि उनिहरुलाई लामो समयसम्म जनसम्पर्क समितिको कार्यक्रमका बारेमा सोधपुछ गरिएकाले यसमा नेपालीकै षड्यन्त्र रहेको उनले बताए । यसरी सुनियोजितरुपमा एक नेपालीलाई पक्राउ गरेको प्रति जनसम्पर्क समितिले घोर भत्र्सना समेत गरेको छ । दोङदेमुनबाट अध्यागमनले महर्जनलाई मात्र पक्राउ गरेको छ ।

जनसम्पर्क समितिले आज डिसेम्वर ७ मा कोरियाको विभिन्न ५ क्षेत्रमा बृहत भेलाको आयोजना गरेको थियो । अन्य क्षेत्रहरुमा भने कार्यक्रम सौहाद्धपूर्ण वातावरणमा सम्पन्न भएको समितिले जनाएको छ ।  महर्जन विगत ९ वर्ष देखि अवैधानिक रुपमा कोरिया रहदै आएका थिए । महर्जन आठौ साफ खेलकुदका स्वर्ण विजेता खेलाडी हुन् ।

No comments:

Post a Comment