Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, December 22, 2014

त्यसैले त देश आन्दोलित छ

-सि.पी.मगर -
कबिता 

आज एका बिहानै रेडियो सुने
पत्रिका पढे,टेलिभिजन हेरे
सहमति र प्रक्रिया
भनाभन चल्दै थियो
म ठुलो तँ सानो
तँ सानो म ठुलो
एकातिर संबिधान रुदै थियो
अर्को तिर शान्ति चिच्याउदै थियो
मैले बुझे
त्यसैले त देश आन्दोलित छ

गन्तब्य खोजेका यात्राहरु
तारे भिरमा पल्टिदै थियो
त्रिशुली तिरमा गुहार माग्दै थियो
बिहानै झुल्किने निश्चल निशाहरु
बाटोको अबरोध बनेर
गुडिरहेको बस संगै घिसारिएको थियो
मन्दिरमा गरिने पबित्र पुजाहरु
मान्छे नामको पशुहरुबाट
आँखै अगाडि बलात्कृत हुदै थियो
फेरि बुझे
त्यसैले त देश आन्दोलित छ

साउनमा बस्ती बगाइएकाहरु
कठाङग्रिने पुषको रातमा
शीत लहर संग
नाङगै भुतुङगै लड्दै थियो
मृत्यु संग डराइ-डराइ
जीबनको भिख माग्दै थियो
झनै बुझे
त्यसैले त देश आन्दोलित छ

जनताका नेता भनाउदाहरु
राजा महाराजाको उपमा खोस्न
गिद्दले सिनो लुछे जस्तै
लुछाचुडी खेल खेल्दै थियो
रमितेहरु रमिता हेर्दै गर्दा
खै को हो अन्जान बटुवा
घोक्रो फुल्याइ फुल्याइ चिच्याउदै थियो
भोली देखि
पार्टीको,साथीको,जातिको,घातीको
आन्दोलन छ
आन्दोलित माथि आन्दोलन
त्यसैले त देश आन्दोलित छ

अझै ओछ्यानमै
बाहिर चिसो छ
खपी नसक्नु चिसो छ
देशको स्थितिले
मन अशान्त छ,बेचैन छ
बिछट्टै आत्तिएको छ,तात्तिएको छु
भित्र भित्रै
म आफै आन्दोलित रैछु
त्यसैले त देश आन्दोलित छ
आन्दोलित माथि आन्दोलित
त्यसैले त देश आन्दोलित छ


सि.पी.मगर (स्याङजा)
हाल- दक्षिण कोरिया

No comments:

Post a Comment