Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, December 22, 2014

विरालो मिठो छ

मञ्जु गुरुङ ,दक्षिण कोरिया 
सोच्दै हुनुहुन्छ होला विरालो पनि मिठो कसरी हुन्छ ? हुन त हो विरालो पनि कही तितो र मिठो हुन्छ र ! विरालोको पनि स्वाद हुन्छ र ? यो नमिल्ने वाक्य एक जना भाषा सिकारु कोरियन नागरिकको मुखबाट अचानक निस्कियो । सुनेर हामी धेरै हाँस्यौ । अहिले पनि हामी भेट भयौ कि त्यहीँ कुरा सम्झेर हाँस्छौ । एक क्याथोलिक चर्चका सिन्वूनिमको मुखबाट अचानक यो अनौठो वाक्य सुन्दा हाम्रो हाँसो फुस्केको थियो । फरक भाषीवीच भाषा सिक्दा कहीँलेकाँही यस्तै रमाइलो र अनौठो बाक्य पनि बन्ने गर्छ । तर यस्ता वाक्यको झट्ट सुन्दा कुनै अर्थ नलागे पनि रमाइलो र रोचक पनि हुन्छ । कहीलेकही यसरी बनेका वाक्यहरुको सन्दर्भ र प्रसंगले धेरै कुरा बोलेको हुन्छ । यसभित्र विभिन्न प्रसंग लुकेको पनि हुन सक्छ , अनि धेरै सन्दर्भ जोडीएको पनि हुन्छ । सुन्दा हाँसो लागे पनि  सिन्वूनिमको मुखबाट निस्केको यो वाक्यभित्र धेरै अर्थ लुकेको छ । सिन्वुनिमले एक बेसाहरा  बालकलाई छोरा बनाएर पालेका छन् । उनै बालकलाई उपहार दिइएको टिर्सटमा विरालोको चित्र रहेकोले नेपाली भाषामा ‘विरालो’ शब्द सिकेका थिए । त्यही बेला खानेकुरा खादा ‘मिठो छ’ अर्को शब्द पनि सिके । भरखरै सिकेको दुई शब्द एकै ठाउँमा जोडेर ‘विरालो मिठो छ’ भन्ने वाक्य बन्यो । यो वाक्यको जन्म यसरी भयो । तर यस वाक्यभित्र जोडिएको सन्दर्भ भने अनेकौ छ । सिन्वुनिमले छोरा बनाएर पाल्नुभएको ति बेसाहरा बालकलाई जन्म दिने आमाका अनुसार बुवा नेपाली होरे । त्यसैले पनि कोरियन परिवारसंग हुर्की रहेका ती बालकले अप्रत्यक्षरुपमा नेपाली पहिचान पाएको छ । ती बालकको बुवा गुमनाम रहेपनि जन्म दिने आमाले नै बुवाको पहिचान दिन सक्ने महिलामा अन्तरनिहित यथार्तताको आधारमा ती बालकले कोरियन समुदाय माझ नेपाली पहिचान पाएका छन् । गुमनाम बुवाको त पहिचान नहुने नै भए भने आमाले पनि पहिचान खुलाउन नसकेपछि पालनपोषन गर्ने बुवाले भूमिपूत्रको रुपमा ति बालकको नाम “जमिन” राखिदीए । नेपालीको नासो आपूmसंग भएको हुनाले पनि सिन्वुनिमको नेपाली भाषाप्रति चासो र रहर हुनु स्वाभाविक थियो । सिन्वुनिमको त्यही रहर र चासोबाट जन्मियो “विरालो मिठो छ”।  त्यसैले यो बाक्यको प्रसंगमा दुई फरक संस्कृती र भाषाको संगम छ । अर्को समुदायप्रतिको सम्वेदना छ । बेसाहराको साहरामा करुणाको लहरा छ । सामाजिक तिरष्कार र अपहेलनाको मुक्ति छ । बाल मनोभाव र सुलभता छ । यस्ता अनेकौ अप्रत्यक्ष भावनाका सन्दर्भ यस वाक्यसंग जोडिएको छ । यस वाक्य भित्र बैदेशिक रोजगारको शिलशिलामा विदेशमा बस्ने युवको कथा लुकेको छ । यौन प्यास बुझाउने स्थानको दर्दनाक व्याथा छ । यौन कर्मी बन्न बिवश महिलाको आर्तना छ । जन्म दिएर पनि सन्तान भनेर स्विकार्न नसक्ने आमाको बाध्यता छ । बेसाहरा बालकलाई अभिभावकत्वको छाँयामा आत्मीय ममता, शिक्षा र दिक्षा दिने मानव सभ्यता छ । कोरिया र नेपालको अप्रत्यक्षरुपमा रगतको नाता छ । अज्ञात सम्बन्ध छ । समाजमा  लुकेका कैयौ अज्ञात सम्बन्धहरुको पीडा यस वाक्यले बोकेको छ । झट्ट सुन्दा हाँसो र रमाइलो लाग्ने “बिरालो मिठो छ” भन्ने बाक्यभित्र यती धेरै पीडा लुकेको रहेछ । सौन्दर्यभित्र लुकेको पीडा जस्तै समाजका नियती पाए मैले यस वाक्यमा । 

No comments:

Post a Comment