Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, December 23, 2014

नेपाल हाउस ब्यबस्थापन समितिले बृहत भेलाको आयोजना गर्दै

भरत तुलाचन ,दक्षिण कोरिया 
दिर्घकालिन र ब्यबस्थित नेपाल हाउस निर्माणको लागि गठित नेपाल हाउस ब्यबस्थापन समितिले यसै हप्ताको आईतबार अर्थात डिसेम्बर २८ तारिख आईतबारको दिन बृहत भेलाको आयोजना गर्न गईरहको छ । 

दश करोड ओन संकलन अभियान अन्तर्गत आगामी सलनाल पर्वमा आयोजना गर्न लागेको मह जोडी सहितको नेपाल हाउस सांगितिक महामेलाको बिशेष तयारी स्वरुप आईतबार बृहत भेलाको आयोजना गर्न लागेको हो । भेलामा नेपाल हाउस सांगितिक महामेलालाई सफल बनाउन बिभिन्न कमिटी तथा उप कमिटीहरुको निर्माण गरिने छ । जस्मा, आर्थिक समिति,प्रचार प्रसार समिति,चन्दा संकलन समिति,कलाकार ब्यबस्थापन समिति,हल ब्यबस्थापन समिति,अतिथि सत्कार समिति, सुरक्षा समिति,कार्यक्रम प्रायोजन समिति,कार्यक्रम ब्यबस्थापन समिति,आदि रहेका छन । बृहत भेलामा कोरियामा रहेका सम्पूर्ण संघ संस्थाका अध्यक्षज्यु सहितका प्रतिनिधिहरुलाई तल उल्यखित स्थान र समयमा उपस्थित भई दिनु हुन हार्दिक अनुरोध छ ।
त्यस्तै, गत २१ तारिख आईतबार बसेको नेपाल हाउस सचिवालयको बैठकले कमिटी निर्माण सम्बन्धि माथि उल्यखित बुंदाहरु सहित कार्यक्रमको नाम-(नेपाल हाउस सांगितिक महामेला) राख्ने निर्णय गरेको छ । कार्यक्रम राजधानी सउलमा १९ तारिखको दिन आयोजना गर्ने  र १८ तारिख पहिलो दिन आयोजना गरिने पुसानको कार्यक्रम बारे भने यसै आईतबार सम्ममा टुंगो लाग्ने छ । कार्यक्रममा मह जोडी सहित पप गायक प्रमोद खरेल, लोक दोहोरी गायीका बिष्णु माझी,नृत्य तथा उद्घोषिका छुल्टिम गुरुङ, र्यापर यमा बुद्द र गायीका अन्जु पन्तको प्रस्तुति रहने भएको छ ।

No comments:

Post a Comment