Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, November 22, 2014

“नेपाल बन्छ र हामीलेनै बनाउनु पर्छ” - महाबिर पुन

नमस्ते नेपाल कोरिया संवाददाता 
एसियाको नोबल पुरस्कार रुपमा परिचित रोमन मेगसासे पुरस्कार बिजेता एवं सामाजिक अभियन्ता महाबिर पुनले “ नया नेपालको निर्माण चाडैनै हुने र सोका लागि पर निर्भर नभई आफ्नो समुदायको विकासको लागि आफै  सम्पर्पित हुन कोरियामा रहेका नेपाली बिधार्थीहरुलाई आवाहन गर्नु भएको छ! दक्षिण कोरियाको राजधानी सौलमा नेपाली बिधार्थी समाज ((SONSIK) द्दरा बिहाबार आयोजित अन्तरक्रियामा  कार्यक्रममा “ नेपालका दुर्गम क्षेत्रका रहेका ग्रामिण गाउँको बिकाश, चुनौती र अवसर” बिषयक कार्यपत्र प्रस्तुत गर्दै पुनले सो कुरा बताउनु भएको हो!
 उक्त अन्तरक्रिया कार्यक्रमक यकल बक्ता पुनले आफ्नो सुरुवातको र असफलताको घटना सुनाउदै नबिन कार्यको थालिनी गर्दा आउने असफलतालाइ सफलताको सुत्रको रुपमा लिन नेपाली बिधार्थी तथा कोरिया स्थिति बिभिन्न सामजिक संगसंस्थाका प्रतिनिधिहरुलाई सुझाउनु भयो! झन्डै तिन घण्टा चलेको उक्त कार्यक्रममा पुनले नेपालमा आफुले संचालन गरिरहेका प्रयोजना तथा निकट भबिष्यमा आफ्नो पहलमा स्थापना हुन लागिरहेको नेपाल अनुशन्धान केन्द्र सम्बन्धि जानकारी दिदै विदेशमा अध्यनरत नेपाली बिधार्थीहरुले  नविनतम सिप तथा प्राबिधिको  संचार  गरि राष्ट्र निर्माणमा सहयोग गर्नु पर्ने बताउनु भएको थियो!


नेपाली बिधार्थी समाज कोरिया (SONSIK) का सभापति बिमल सुबेदीले पुनको योगदानबाट कोरियामा रहेका नेपाली बिधार्थी प्रभावित भएको जानकारी गराउदै आउदा दिनमा आफ्नो समुदायको बिकाशको लागि समर्पित रहने थप प्रेरणा मिलेको बताउनु भयो! उक्त कार्यक्रममा पुनका योगदानको  कदर स्वरूप नेपाली बिधार्थी समाज कोरिया (SONSIK)को तर्फबाट कदर पत्र  प्रदान गरि सम्मान गरिएको थियो!


No comments:

Post a Comment