Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, November 17, 2014

मजदूर संगठनको स्थापना पछि “छिटोछिटो” भन्ने हट्यो

डम्बर सुब्बा ,दक्षिण कोरिया 
मोटरको पार्टपुर्जा बनाउने कम्पनीको धातु सम्बन्धी मजदुर संघ अन्र्तगतको एक शाखामा २९४ सदस्यहरु मध्ये ईन्डोनेशिया,कम्बोडिया,फिलिपिन,चीन मुलका मजदुरहरु ४५ जना रहेको छ । संगठनमा प्रतिशतको आधारमा प्रवासी मजदुरहरुको संख्या उच्च भएकोले शुरु देखि नै मजदुरसंग सम्बन्धीत हक,अधिकार प्रवासी मजदुरहरुमा समान हुनु पर्ने माग राख्दै आएको छ । धातु सम्बन्धी मजदुर संघको बैठकमा संघका फिलिपिन सदस्यसंग गरिएको कुराकानी निम्न प्रकारको छ ।
गत बर्षको ६ महिनमा कोरियन कनफडेरेशन अफ ट्ेरड युनियन ( केसीटियु ) को यस शाखा स्थापना कालमा भएको आन्दोलनमा हामीले पनि सहभागी जनाएका थियौ । शुरुमा डर पनि लागेको थियो तर अहिले संघले हामीलाई राम्रो हुन सक्छ भन्ने थाहा भयो । त्यसैले अब डर लाग्दैन,हौसला मिलेको छ ।

संघ स्थापना हुन अघि धेरै अप्ठयाराहरु थिए । कम्पनीका प्रशासकहरु काम गर्ने स्थानमा आएर यो गर त्यो भन्ने गर्दथ्यो तर अहिले संघ भएकोले गर्दा चाहे अनसारको अनावश्यक काम गर्न लगाउदैन । विषेश गरी छिटो छिटो भन्ने संस्कार हटेको छ । नियममा दिउसोको खाना खाने समय १ घण्टा हुन्छ तर प्राय जसो दिनहरु ३० मिनट ओभरटाईम गरेर मात्र खाना खानु पर्ने हुन्थ्यो । ३० मिनट खाना खाने समय कटौती हुने गर्दथ्यो भन्ने बुझनु पर्छ । तर संघको स्थापना भएपछि रेष्ट गर्ने समय ,खाना खाने समय तोकिएको जस्तो लागु भएको छ । त्यस्तै कम्पनीका प्रशासकहरुले हामीलाई गाली गर्ने,हातले टाउकोमा हिर्काउने र हामीलाई एकदमै होच्चाने कार्यहरु हुन्थे तर अहिले त्यस्तो हुदैन ।

पहिले हामीलाई “याईमा या” भनेर बोलाउने गर्दथ्यो भने अहिले हाम्रो नामबाट बोलाउने गर्दछ । यस्ता विषयहरु परिवर्तन भएको छ । प्रशासकहरु अहिले धरै सोझो भएको छ । पहिले हामीले आन्योङ्गहासेयो भनेर नमस्कार गर्दा प्रशासकहरु केहि नबोली वेवास्ता गर्दे जान्थ्यो भने अहिले त्यो प्रशासकले पनि टाउको निहुराएर हान्योङ्गहासेयो भनेर नमस्ते गर्दछ । अहिले आएर हामीले पनि मानवले पाउनु पर्ने व्यवहार पाएको जस्तो अनुभव भएको छ ।

छात्रावासमा जाडोको समयमा हिटरमा लगाउने तेल सकिएर ३ पल्ट भन्दा मात्र हाम्रो कुरा सुन्ने गर्दथ्यो । गर्मीमा एकदमै गर्मी हुदा पनि कंम्पनीले केहि गरी दिदैन्थ्यो । अहिले एयरकन्डीसन पनि जडान गरिदियो,पुरानो भएको भित्ता र भुई पनि नयां बनाईदियो र भांडामाझने स्थान पनि राम्रो बनाई दियो । समस्या भएको बेला संघमा कुरा राख्यो भने छिटो भन्दा छिटो समस्याको समाधान गरी दिई रहेको छ । त्यसमा पनि एकदमै राम्रो भनेको संघको स्थापना भए पछि तलबमा बृद्धि र बोनस पनि पाउने गरेका छौ । हामीले कंम्पनीमा काम गर्दा संघको लोगो अंकित अर्ध ज्याकेट लागएर काम गरछौ । यस कम्पनीमा प्रवासी मजदुरहरुको संख्या बढी भएकोले कुनै आपत्ती छैन । संघलाई प्रभावकारी र व्यवस्थीत बनाउन हामीले पनि केहि योगदान दिएको छौ भन्नुमा गर्व लाग्छ । 

No comments:

Post a Comment