Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, November 17, 2014

कोरियन टेलिभिजन केबिएसमा हाम्रो विवाह

मञ्जु गुरुङ ,दक्षिण कोरिया 
कोरिया सरकारी टेलिभिजन केबिएसले गर्न लागेको “हेम्बोक खेलहन सिक” (रमाइलो विवाह समारोह) कार्यक्रममा हामीले पनि निवेदन पठाएको श्रीमानबाट थाहा पाए । पहिला सुन्दा  अनौठो पनि  लाग्यो । एउटा टेलिभिजनले विवाह पनि गरिदिन्छ ? मनमा यस्तै प्रश्न आयो ।  केही दिनपछि अचानक मेरो मोवाइलमा केबिएसबाट फोन आयो । मेरो कोरिया भाषा त्यती राम्रो नभएकोले श्रीमानलाई गर्नुहोला भने ।

पछि हामी पनि बिवाहको लागि छानिए छौ । २०७ जोडीको निवेदनबाट ५० जोडी छानिएको रहेछ जसमा हामी पनि एक जोडी थियौ । सुने वेडिङ ड्रेसमा विवाह गरिदिन्छ रे । केवल विवाहमा मात्र लगाउन पाउने सेतो त्यो विषेश डिजाइनको विषेश पहिरण वेडिङ ड्रेस लगाउन पाउने थाहा पाउदा मन खुशी भयो । लाग्यो मेरो सपना पुरा हुने भयो । हरेक विवाह गर्ने युवतीको वेडिङ ड्रेसमा सजिने सपना जस्तै मेरो पनि त्यो सपना थियो । अन्तराषर््िट्रय विवाह गरे पनि त्यो अवसरबाट म बञ्चीत थिए । आफन्त र साथीहरुसंग  खानपीन र फोटो खिच्नुमै सिमित थियो हाम्रो पहिलो विवाह ।
नोभेम्बर ९ तारिख आइतबार सउलको यहिदो शहर स्थीत केबिएस टेलिभिजनको मुख्य कार्यलयमा विहान ९ बजे आइपुग्यौ । कार्यलयमा प्रवेश गर्नसाथ क्यमेराले हामीलाई स्वागत ग¥यो । रिसेप्सनमा पुग्यौ हामीलाई ३१ नम्बरको ट्याक दिएर दुलही सृंगार गर्ने कोठामा पुुरायो । कोठामा २ जना दुलही सिंगार्न व्यूटिसिनहरु व्यस्त थिए । मेरो पनि पालो आयो । व्यूटिसिनहरुले झण्डै १ घण्टामा मेरो कपाल र अनुहारको रुप नै परिवर्तन गरिदिए । म भने अगाडीको ठूलो ऐनामा हेर्दै आफ्नो फेरिदै गरेको रुपलाई अनुभूत गर्दै थिए । अन्तत त्यस कोठामा गरिने काम सकियो ।
त्यसपछि हामीलाई पहिरण कोठामा लगियो । छुट्टै कोठामा राखी वेडिङ ड्रेस र शिरमा ताज  पहिराई दिए । अब पूर्ण रुपमा दुलही बने । उता अर्को कोठाबाट पनि श्रीमान दूलहा बनेर बाहिर निस्कनु भयो । अनि शुरु भयो हाम्रो फोटो सेसन । हाम्रो जस्तै अन्य जोडीको पनि उही अवस्था थियो । विभिन्न फोटो सेसन हुदै १२ बजे बल्ल हामी विवाह समारोह गर्ने मुख्य हलमा प्रवेश गरेका थियौ । जहाँ भव्य सजावटको तयारी थियो । मञ्च मै राउण्ड टेबल र कुर्सीहरु राखिएको थियो । विवाह शुरु हने समय २ बजे थियो । तर सबै जोडी पूर्ण तयारी भएपछि १ बजेबाट हाम्रो रियसर्ल शुरु भयो ।
यस विवाहमा प्रत्येक जोडीको परिवार र साथी भाई गरी २० जना पाहुनालाई बोलाउन सकिने रहेछ । हाम्रो पनि सासु ससुरा गाउँबाट आउनु भएको थियो । अनि देवर नन्दहरुको परिवार सबै आउनु भएको थियो । सबैको पाहुनालाई  एक बजे हलमा प्रबेश गराए । त्यसैले एक क्षण दर्शक दिर्घामा पुगेर परिवारसंग केही फोटो खिच्न भ्यायौ । तर मैले नेपाली साथीहरुसंग यो ऐतिहासीक स्मरणलाई क्यामेरामा कैद गर्न सकिन । मैले थोरै नेपालीहरुलाई अभिभावकत्वको लागि निमन्त्रणा गरेको थिए । तर धेरैले आउन नसक्ने जनाए पनि लक्ष्मी गुरुङ र सपना सुनुवार बहीनी यस समारोहा उपस्थित भएका थिए । तर उनीहरु समारोह स्थलमा तोकिएको समय भन्दा ढिला आइपुगेकाले दुलही पहिरणमा नेपालीहरुसंग फोटो खिच्ने मेरो धोको भने अपुरै रहयो ।
यस अन्तराषर््िट्रय विवाह समारोहमा सामेल १२ देशका नागरिक मध्ये नेपालबाट म मात्रै थिए । कोरियामा मेरो परिवार भित्रकै नाता पर्ने कोही छैन त्यसैले पनि मलाई एक्लो महसुस भइरहेको थियो । त्यसमा निमान्त्रणा गरे पनि नआइदिनु भएपछि साच्चै एक्लै रहेछु जस्तो लाग्यो । धन्न दुई जनाको उपस्थितीले हल्का चिक्त बुझाए । मनको एक कुना दुखी रहेपनि रमाउने कोशिस गरिरहे ।
विवाह समारोह सकिएपछि परिवार र इष्टमित्रसंग मिष्टान्न भोजनको स्वादलियौ । साँझ ५ बजे अन्य परिवारबाट विदा भएर सासु र ससुरासंगै हामी भने केबिएसले नै व्यवस्था गरेको यात्रामा निस्कयौ । विवाह गर्ने जोडिका परिवार सहित हामी चारवाटा बसमा सउलबाट डेड धण्टा टाडामा पर्ने ख्वान्जीआम रिसोर्टमा पुग्यौ । कन्सर्टस सहितको रात्री भोजसंगैको रिसोर्टको बास बन्यो । भोलिपल्ट योङ्गइनको कोरियन भिलेजमा पथप्रदर्शक सहित ऐतिहासीक स्थलको भ्रमण गरयौ ।
सोही स्थानमा हाम्रो ५० जोडीको नेतृत्व गरेको पाकिस्तानी दुलहा र कोरियन दुलहीको कोरियन परम्परागत अनुसारको साँच्चैको विवाह प्रत्यक्ष हेर्ने मौका मिल्यो । १ धण्टामा सम्पन्न विवाहमा दुलहा दुलहीको घरमा आउने र विवाह सम्पन्न गरी दुलही लिएर जाने नेपालको जस्तै चलन रहेछ । अनि विवाहमा दूलहा र दूलहीबाट  अनिवार्यरुपमा चाहिने काठबाट बनेको हाँस अर्को नयाँ पन पाए । माया परेपछि सधै संगै हुने कहिले नछुटिने, धेरै टाडासम्म संगै हिड्न सक्ने घर पलुवा हाँसको जोडी लाई दुलहा दुलहीको प्रतिकको रुपमा राखिने चलन  सुहाउदो लाग्यो । त्यस्तै विवाहमा जिउदै कुखुरा राख्ने चलन पनि अनौठो लाग्यो । विवाहको अन्तमा दुलहा दुलही निस्कनेबेला कुखुरा उडे जस्ते हरेक कुरामा माथी पुग्नु भन्ने प्रतिकको रुपमा कुखुरा उडाएर छाडिने गर्दा रहेछन् । घर पलुवा पंक्षीलाई उदाहरण बनाउदै सफल दाम्पत्य जीवनको कामना गर्ने कोरियाको परम्परागत विवाह यथार्तमा आधारित भए जस्तै लाग्यो ।
केविएसले कोरियन संग विवाह गरेर कोरिया आएका विभिन्न देशका नागरिकहरुमध्ये जसले यस्ता विवाह समारोह गर्न सकेका छैनन उनीहरुलाई निशुल्क रुपमा विवाह गरिदिने रहेछ । २०१० बाट शुरु गरेको यस्ता समारोहमा प्रत्येक वर्ष देशभरीबाट परेका निवेदनबाट छनौट गरी ५० जोडीलाई यसैगरी विवाह गरिदिने गर्दा रहेछन् । विभिन्न उपहार सहित विवाह मात्रै हैन परिवार सहित एक रात एक दिनको निशुल्क भ्रमण । जसले म जस्तो विकास उन्मुख देशका नागरिकको लागि साँच्चै अचम्भित पारयो । कोरियनसंग विवाह गरी कोरिया आएर राम्रो घरजम गरी बसेका विदेशी बुहारी र ज्वाइहरुलाई यसरी नै विवाह गरिदिने गर्दा रहेछन् । जसले सरकारले आफ्नो नगरिकप्रति निभाएको  उत्तर दायित्वलाई प्रष्टै पार्छ । अन्तराषर््िट्रय विवाहलाई यसैगरी प्रोत्साहन गर्दै दक्षिण कोरिया एक विश्व मैत्री देशको रुपमा उदाहणीय बनिरहेको छ । विकसित देशले गर्ने यस्ता गतिविधीहरु नेपाल जस्तो विकास उन्मुख देशका नागरिकले पनि कहिले अनुभूत गर्न पाउने होला ....!

No comments:

Post a Comment