Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, November 17, 2014

कोरियाको यांगसानमा टलकजंग भर्सेज टुल्के प्रदर्शन सम्पन्न (फोटो फिचर)

नमस्ते नेपाल कोरिया संवाददाता
जिल्लाका विभिन्न गाविसमा रहेका सामुदायिक विद्यालयलाई स्रोत जुटाउन उदेश्यले कोरियाको यांगसान सिटीमा टलकजंग भर्सेज टुल्के नामक चलचित्र प्रर्दशन गरिएको छ । म्याग्दी समाज समिति दक्षिण कोरियाको आयोजना र यांगसान परिवारको सहआयोजना गरिएको च्यारेटी सो मा उत्साहजनक सहभागिता रहेको संयोजक अनन्त गिरीले बताए ।

‘तिनचार घण्टा टाढाबाट पनि फिल्मी हेर्न आएका थिए, अपेक्षागरेभन्दा बढि सहभागिता देखियो’उनले भने । नेपाली जिवनशैलीमा आधारित चलचित्रलाई लक्षित गरेर दुई संस्थाले सहकार्य गरेका थिए । चलचित्र प्रर्दशनीबाट आएको आम्दानी म्याग्दी समितिले जिल्लाका सामुदायिक विद्यालय र यांगसान परिवारले आकस्मिक राहत कोषमा खर्च गर्ने म्याग्दी समाज समितका अध्यक्ष मुक्ती केसीले बताए ।

‘पहिलो सो मै सफलता मिलेको छ’।अर्को प्रर्दशनीको तयारी समेत गरिरहेका छौ’ उनले भने । आम्दानी दुवै संस्थाले समान रुपमा बाडफाँड गर्नेछन् । फिल्म प्रर्दशनी पुर्व भएको औपचारिक कार्यक्रमको अध्यक्षता यांगसान परिवारका अध्यक्ष नवराज वाग्लेले गर्नुभएको थियो । सोही अवसरमा दुवै संस्थाका अध्यक्षले आगामी दिनमा समेत समाजिक कार्यका लागि लक्षित गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् । डिसेम्बर २१ मा सियोलमा प्रर्दशनी गरिनेछ । केही दिनमा थप स्थानको नाम सार्वजिनक गर्ने तयारी भइरहेको समितिले जनाएको छ ।


No comments:

Post a Comment