Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, November 29, 2014

कोरियामा किराँत याक्थुङ चुम्लुङले सिरिजंङ्गा भाग -३ ल्याउने

सान्त लिम्बु ,दक्षिण कोरिया 
नोभेम्बर ३० 
किराँत याक्थुङ चुम्लुङ कोरियाले आउदो सलनालको अवसर पारेर सिरिजंगा सास्कृतिक सौगात आयोजना गर्ने भएको छ |शनिबार चुम्लुङको कर्यकालयमा बसेको बैठकले सलनालको पहिलो दिन १८ तारिख कार्यक्रम गर्ने औपचारिक निर्णय गरेको हो |कार्यक्रमको उद्धेश्य लिम्बु भाषाको पाठ्यक्रम बिकासका लागि सहयोग गर्ने राखिएको छ |

कार्यक्रमलाई सफल बनाउन बिभिन्न समितिहरु गठन गरिएको छ | जस अनुसार  शमशेर पन्धाकको संयोजकत्वमा  ५००  सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ | समितिको सह- संयोजकमा चुम्लुङका उपाध्यक्ष सन्तोष मादेन रहेका छन् |समितिमा संखुवासभा,धनकुट्टा,सुनसरी,मोरङ, तेर्हथुम,ताप्लेजुङ,पांचथर ,इलाम र झापा गरि लिम्बुवानको ९ जिल्लाको प्रत्येक गाउँबाट अनिबार्य सदस्य राखिएका छन् |  त्यस्तै आर्थिक समिति संयोजकमा नोगेन नेम्बाङ र क्षितिज लावती ,प्रचार प्रसार समितिको संयोजक दीपक चेम्जोङ रहेका छन् |
अन्य आवश्यक समितिहारू आउँदो शनिबारको बैठकले निर्णय गरिने जनाइएको छ | सो दिन नै एक पत्रकार सम्मेलन गरि कलाकार कलाकार र हल घोषणा गर्ने योजना रहेको चुम्लुङका एक सदस्यले बताए |यस अघि नै गठन गरिएको कलाकार छनौट समितिले नेपालका ख्याती प्राप्त कलाकारहरुसंग सम्झौता भैसकेको संयोजक पन्धाकले बताएका छन्  |हिजोको बैठकले कोरियाबाट संचालित अनलाइन खारा पत्रिकाहरु nepalkoreanews.com,nepalikorea.com.hellonepalkorea.com,pardeshilife.com,namastenepalkorea.com र fonijkorea.comलाई मिडिया पाट्नार राख्ने निर्णय पनि गरिएको छ |

No comments:

Post a Comment