Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, August 21, 2014

कोरियामा नेपाली चलचित्र अनि झोला

रमेश खावाजु ,दक्षिण कोरिया 
रोजगारीको लागि आकर्षक मुलुक दक्षिण कोरियामा प्रवेश गर्ने  नेपालीहरुको संख्या  बृदीसंगै नेपालीहरुले बिदाको समयमा राजनैतिक  , सामाजिक ,कला संस्कृति तथा मनोरन्जनात्मक कार्यक्रमहरु गरि नेपाली  गतिबिधिहरु बढाईरहेका छन् l  अहिले विभिन्न नेपाली संस्थाहरुले प्रवासमा नेपाली चलचित्रलाइ माया गरौँ भन्ने नारा सहित नेपाली चलचित्रको प्रदर्शन  गरिरहेका छन् l कोरियामा नेपालका   उत्कृष्ट तथा सफल नेपालीहरु प्रदर्शन गर्दा नेपाली दर्शकहरुको भिड नै लाग्ने गर्छन l कोरियामा  नेपाली चलचित्र लुट , छ एकान छ , कबड्डी    तथा अरु उत्कृष्ट चलचित्र प्रदर्शन गर्दा हल भरिभराउ भएको थियो भने सउलमा कबड्डी चलचित्र प्रदर्शन गर्दा टिकट नपाएर दर्शकहरु फर्केका थिए l अहिले कोरियामा उत्कृष्ट ,मनोरन्जनात्मक चलचित्र हेर्ने नेपालीहरुको संख्या झन् झन् बढी रहेको छ l
अहिले दक्षिण कोरियाको सउलको जोङगाकमा नेपाली चलचित्र झोला प्रदर्शन गर्न लागेका छन् l  अगस्त २४ तारिक आइतबारका दिन राजधानी सउलको जोङगाकमा  झापा मिलन  समाज दक्षिण  कोरियाको आयोजनामा प्रदर्शन गर्न लागेको ऐतिहासिक तथा मौलिक   नेपाली कथानक चलचित्र ‘’ झोला ‘’ सम्पूर्ण तयारि पुरा भएको संस्थाका उपाध्यक्ष  सचिब सन्तोष श्रेष्ठले  बताए l
कोरियामा झापा मिलन समाजले  आपत बिपतमा  परेका नेपालीहरुको  लागी खाने  र बस्ने  ब्यबस्था गरि खोलीएको  सुबनस्थित   पाथिभरा  हाउस   संचालन   सहयोगार्थको  लागी  भनि चलचित्र झोला प्रदर्शन गर्न लागेका हुन् l  उत्कृष्ट चलचित्र हेर्ने नेपाली दर्शकहरुको बृदी भईरहेकोले कोरियामा नेपाली दर्शकहरुको चाहना अनुसार दक्षिण कोरियामा झोला चलचित्र प्रदर्शन गर्न लागेको झापा मिलन समाजका अध्यक्ष मिन प्रकाश उप्रेतीले नमस्ते नेपाल कोरिया डट कमलाइ बताए l  अध्यक्ष उप्रेतीले झोला प्रदर्शनबाट भएको नाफाबाट   दक्षिण कोरियामा आपत बिपत परेका नेपालीहरुको लागि खोलिएको आश्रयस्थल पाथिभरा हाउसमा   खाना तथा  राम्रो ब्यबस्थापन गर्ने  बताए l उहाँले सामाजिक कार्यमा समर्पित गरि प्रदर्शन गरिएको झोला चलचित्र हेरी सहयोग गरिदिनु हुन् कोरियाबासी नेपालीहरुमा अनुरोध गर्नुभएको छ l

दक्षिण कोरियामा  ५ बर्ष अघि देखि पत्रकारिता गर्दै आउनुभएका नेको खबर डट कमका प्रधान सम्पादक ,कोरिया संदेश क्लब , पाथिभरा हाउसका संस्थापक तथा संरक्षक   मिन प्रकाश उप्रेती कोरियामा नेपाली जनमानसमा पहिचान बनाएका पत्रकार हुन् l

झोलामा के होला ?
कृष्ण धराबसीको चर्चित कथामा आधारित  नेपाली कथानक  चलचित्र  "झोला" मा   आज भन्दा १०० बर्ष अगाडी हाम्रो समाजले  नारीलाई  हेर्ने दृष्टिकोण र   त्यसबेलाको सति प्रथा एक कु  प्रथा थियो  भन्ने कुराहरु र  त्यसबेलाको कालखण्डलाई  शसक्त रुपमा पर्दामा उतार्न खोजीएको  छ l विशेष गरी त्यसबेलाको  समाजमा रहेको सतीप्रथा, बाल विवाह, अनमेल विवाह एवं अन्य सामाजिक परम्पराको चित्र कोरिएको छ कथाकार कृष्ण धराबासीको ‘झोला’ मा ।  ‘झोला’ वर्तमान समाजका आधुनिक पिँढीलाई इतिहाससँग जोड्ने एउटा गतिलो अस्त्र पनि हो ।निर्देशक यादव भट्टराईद्वारा  निर्देशित झोला चलचित्रले हालै  श्रीलंकाको राजधानी कोलम्बोमा सम्पन्न सार्क फिल्म फेस्टिभलमा सार्ककै  उत्कृष्ठ अभिनेत्रीको अवार्ड सो फिल्मकी अभिनेत्री  गरिमा पन्तले जितेकी थिइन् l एक वर्ष अघि निर्मित यो फिल्मले व्यावसायिक रुपमा सफलता मात्रै होइन  फिल्म हेरिसकेका दर्शकहरुले सो फिल्मको मुक्तकण्ठले प्रशंसा पनि गरेका विभिन्न नेपालका राष्ट्रिय संचार माध्यमहरुले जनाएका  छन  l झोलाले हालै  मात्र  विश्वकै सर्वश्रेष्ठ र प्रतिष्ठित  ८७ औं ओस्कार अवार्डमा बिदेशी भाषामा निर्माण भएको सर्वोकृष्ट चलचित्र विधाको लागि  आफ्नो दावीसहित नाम दर्ता गराएका छन् ।

No comments:

Post a Comment