Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, August 19, 2014

गुल्मी सम्पर्क समिति कोरियाले छुसकमा साधारण सभा गर्ने

नमस्ते नेपाल कोरिया संवाददाता 
 अगस्ट १७ तारिक गुल्मी सम्पर्क समिति दक्षिण कोरियाका  अध्यक्ष प्रेम ज्ञावलीको अध्यक्षतामा इन्छनको  इन्डिया प्लेस रेष्टुरेन्टमा बसेको बैठकले  सेप्टेम्बर ७ तारिक  कोरियाको महान् चाड चुसकको पहिलो दिन साँझ ७ बजे सोही स्थानमा  पाँचौ साधारणसभा गर्ने  निर्णय  गरेको छ l

 यसै दिन  खेलाडी सम्मान गरिने र ५ वर्षे कार्यकाल पूरा गरी फर्कन लागेका सोही सस्थाका सल्लहकार बिष्णु थापा र सदस्य केशब भुषालको  बिदाई गर्ने निर्णय गरेको संस्थाका सचिव चन्द्र पराजुलीले जानकारी दिएका छन् l
 चुसकको अवसरमा नेपाली सम्पर्क समितिबाट सांस्कृतिक कार्यक्रम र भाग्यशाली चिठ्ठा कार्यकम गर्ने  संघ सस्थाप्रति सफलताको शुभ कामना व्यक्त गर्दै गुल्मी जिल्लामा जन्मिएका कलाकार मंजू पौडेल र टेरिया फौजामगर पनि यही चुसकको कार्यक्रममा कोरिया आउने हुँदा उहाँहरूलाई पनि यसै दिन सम्मान गर्ने कार्यक्रम रहेको यस सस्थाका सचिव चन्द्र पराजुलीले जानकारी  गराए l
दक्षिण कोरियाका बिभिन्न स्थान  र पेशामा आबद्द  रहेका सम्पूर्ण गुल्मीवासी दाजुभाइ दिदीबहिनीहरूलाई  निम्न स्थान मिति र समयमा उपस्थिति जनाई साधारणसभा,सम्मान तथा बिदाइ कार्यक्रम सफल बनाइदिनको  लागि गुल्मी सम्पर्क समितिले हार्दिक अनुरोध गरेको छ l
मिति-२०१४-०९-०७
स्थान-इन्डिया प्लेस रेस्टुरेन्ट [दोंगआमबाट  तीन स्टेशन अगाडि६ नं लाइन अनाम गेट ३ बाट ५० मिटर अगाडि ]
समय-साँझ ७ बजे
सम्पर्क- प्रेम ज्ञावली ०१०६४५०१९४६
टामलाल अर्याल ०१०२५०१७८९८
चन्द्र पराजुली ०१०६८५२०९२६
सूर्य पन्थी ०१०७२१७०९००
रामप्रसाद भुषाल ०१०८६८४५८४५
इश्वर थापा ०१०९१३९६८२६
सन्त राना०१०९३०००७५१
रोशन पौडेल ०१०२१४१५२३३ 

No comments:

Post a Comment