Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, August 19, 2014

नायक रेश मरहठ्ठा र मोडल आयुषा राई नयां म्युजिक भिडियोमा संगै ( भिडियो सहित )

सरोज रावल
बिर्खेलाई चिन्छस् नामक चलचित्रबाट डेब्यु गरेकी मोडल तथा नव नायिका आयुषा राई र नायक रेश मरहठ्ठा नयां म्युजिक भिडियोमा संगै देखिएका छन् ।

मुस्कान श्रेष्ठको नयां गीत ‘बिर्सन सक्दिन’ को भिडियोमा नायक रेश मरहठ्ठा र आयुषाको अभिनयले अहिले विभिन्न संचार माध्यम तथा सामाजिक संजाल युट्युबमा पनि चर्चा कमाइरहेको छ । भिडियोमा आयुषाले नायक रेश मरहठ्ठा को वियोगमा बाँच्नुपरेको देखाइएको छ । नेपाली चलचित्र क्षेत्रका स्टार, रेश मरहठ्ठा संग अभिनय गर्न पाउंदा आफुलाई नौलो महशुस भएको आयुषको अनुभव छ । रमेश परियारका शब्द तथा संगीत रहेको यस गीतको भिडियोलाई जिवन थापाले निर्देशन गरेका छन् भने भिडियो मल्टीमेटले तयार पारेको हो ।

No comments:

Post a Comment