Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, August 18, 2014

दक्षिण कोरियाले नेपाली कामदारहरुको संख्या बढाउने

 नवराज ढकाल ,काठमाण्डौ 
 दक्षिण कोरियाले नेपाली कामदारको संख्या बढाउने भएको छ। यसअघि गएका नेपाली कामदारले राम्रो काम गरेको भन्दै संख्या बढाउन कोरिया सहमत भएको हो। रोजगार अनुमति प्रणाली (ईपीएस) को दसौं वार्षिकोत्सवका अवसरमा दक्षिण कोरिया भ्रमणमा गएका वैदेशिक रोजगार विभागका महानिर्देशक जगन्नाथ देवकोटालाई त्यहाँको सरकारले नेपाली कामदारको संख्या बढाउने जानकारी गराएको हो।
नेपाली कामदार इमानदार र मेहनती रहेको कोरिया सरकारको ठम्याइ छ। नेपाल सरकारले लामो समयदेखि आफ्ना कामदारको संख्या बढाउन कोरियासँग आग्रह गर्दै आएको थियो। आन्तरिक श्रम बजारमा वार्षिक रूपमा प्रवेश गर्ने कामदारको संख्या पहिल्यै निश्‍चित नहुने भएकाले विदेशी कामदारको कोटा निश्चित गर्न नसकेको जानकारी पनि कोरियाले गराएको छ।

कोरियाले औपचारिक रूपमा लैजाने संख्याबारे जानकारी नदिए पनि अनौपचारिक रूपमा दुई हजारदेखि तीन हजारसम्म बढ्नसक्ने संकेत गरेको छ।
संख्या बढाउने बताए पनि आगामी वर्ष कति कामदार लैजाने भन्ने यकिन जानकारी भने कोरियाले गराएको छैन। कोरियाले औपचारिक रूपमा लैजाने संख्याका बारेमा जानकारी नदिए पनि अनौपचारिक रूपमा दुई हजारदेखि तीन हजारसम्म बढ्नसक्ने संकेत गरेको छ। कोरियाले लैजाने कामदारको कोटा गोप्य राख्ने बताउँदै आएको छ।

रोजगार अनुमति प्रणालीअनुसार अहिलेसम्म कोरियामा २४ हजारभन्दा बढी नेपाली कामदार पुगिसकेका छन्। औसतमा वार्षिक रूपमा त्यहाँ जानेको संख्या ६ हजार हाराहारीमा छ। यसपटक उक्त संख्या बढेर आठ हजारजनासम्म पुग्नसक्ने अनुमान छ।

कोरियामा काम गर्ने नेपालीले राम्रो कमाइ गर्दै आएका छन्। त्यहाँ नेपाली कामदारले मासिक एक लाख ५० हजारदेखि दुई लाख रुपैयाँसम्म कमाउन सक्छन्। कोरियामा ओभर टाइमसहित अर्को कम्पनीमा पार्टटाइम काम गर्ने अवसरसमेत हुन्छ।

महानिर्देशक देवकोटाले कामदारको भिसा छिटो पठाउने व्यवस्था गर्नसमेत कोरियासँग आग्रह गरेका छन्। भाषा परीक्षा तथा स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएपछि पनि महिनौंसम्म कामदार कोरिया जान पाएका हुँदैनन्। भिसा प्रक्रियामा धेरै समय लाग्ने गरेकाले जाने समय लम्बिने गरेको हो।

महानिर्देशक देवकोटाले एचआरडी कोरियाका उच्च अधिकारीसँग अनलाइन फाराम भर्ने व्यवस्था गर्न आग्रह गरेका छन्। यसमा कोरियाली पक्ष सकारात्मक देखिएको उनले बताए। देवकोटा तीनदिने कोरिया भ्रमण सकेर सोमबार स्वदेश फर्किएका हुन्।

रोजगार अनुमति प्रणालीअन्तर्गत काम गर्न कोरिया जान चाहने नेपालीको संख्या बर्सेनि बढ्दो छ। यसपटक भाषा परीक्षा दिन अहिलेसम्मकै धेरै ६२ हजार पाँच सय १४ जनाले आवेदन फाराम भरेका छन्। उच्चशिक्षा हासिल गरेका युवासमेत काम गर्न कोरिया जान इच्छुक देखिएका छन्। जागिरे तथा सानोतिनो व्यवसाय गरिरहेकाहरूले समेत आवेदन फाराम भरेको ईपीएस कोरिया शाखाले जनाएको छ।

नेपाल र कोरियाबीच सरकारी तहबाट मात्र कामदार लेनदेन गर्न पाइन्छ। नेपालले सन् २००८ देखि रोजगार अनुमति प्रणालीअन्तर्गत सरकारी तबरबाट प्रशिक्षार्थी कामदार कोरिया पठाउन थालेको हो।- अन्नपुर्णपोस्ट

No comments:

Post a Comment