Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, August 22, 2014

कोरियाका संस्थाहरुलाइ चियापान कार्यक्रममा उपस्थितिको लागि मगर संघको आग्रह

नमस्ते नेपाल कोरिया संवाददाता सम्बाददाता-
आगामी छुसक सेप्टेम्बर ७ तारिक हुन गइरहेको "नेपथ्य लाइभ कन्सर्ट इन कोरिया साथमा लिटल डान्स तेरिया" कार्यक्रम बारे अगस्त २४ गते हुन गइरहेको अन्तरक्रियात्मक भेटघाट तथा चियापान कार्यक्रममा समय मै उपस्थित भइदिनु हुन नेपाल मगर संघले पुनःआग्रह गरेको छ।कोरियामा रहेका सम्पूर्ण क्रियाशील नेपाली संघ संस्थाहरु बीच कार्यक्रमलाई कसरी सभ्य र भब्य बनाउन सकिन्छ भन्ने बारे छलफल हुने अध्यक्ष पुरन राना मगरले जानकारी दिनुभएको छ।

आफुहरुले प्रचार प्रसारमा कुनै कसरत बाँकी नराखेको,कोरियाको हरेक शहरहरुमा आफ्नो पहुचले भ्याए सम्म पोस्टरिङको काम भइसकेकोले अब कार्यक्रमको आन्तरिक ब्यबस्थापन तर्फ ध्यान दिनुपर्ने प्रचार प्रसार संयोजक अर्जुन बिर्कट्टा मगरले बताउनुभएको छ।बाकी समयलाई कसरी कार्यक्रम सफल पार्न योजना मुखी बनाउन सकिन्छ भनेर महत्त्वपूर्ण छलफलमा सहभागी भइदिन कोरियाका क्रियाशील संघ संस्था,मगर बन्धुहरु तथा सम्पूर्ण नेपाली दाजु भाइ दिदी बहिनीहरुलाइ उपाध्यक्ष खड्ग थापा मगरले हार्दिक अनुरोध गर्नु भएको छ।
कार्यक्रम हुने स्थान समय
अगस्त २४ आइतबार
समय-ठीक दिनको १२ बजे
स्थान-नेपाल हाउस वन्नम सागरी दोङ सउल

No comments:

Post a Comment