Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, August 22, 2014

तमू संग्रहालय भवन निमार्णार्थ तमूधिँ कोरियाबाट ३ लाख सहयोग

मन्जु गुरुङ ,दक्षिण कोरिया 
तमू धिं कोरियाले सम्पूर्ण तमूहरुको छाता संगठन तमूह्यूल छोँजधी राष्ट्रिय परिषदलाई ३ लाख नेपाली रुपियाँ नेपाल पठाएको अध्यक्ष सुरज गुरुङले जानकारी गराउनुभएको छ । उक्त रकम परिषदद्वारा निर्माणधीन तमू संग्रहालय भवनको सहयोगार्थ पठाएको हो । तमूधिँ कोरियाले गत एप्रिल ६ तारिख कोरियामा नेपाली कथानक चलचित्र “छ एकान छ” प्रर्दशन गरी संकल गरेको रकम नेपाल पठाएको जनाएको छ ।
त्यस्तै भरखरै सम्पन्न तमू धिँ कोरियाको बैठकले आगामी नेभेम्बर ९ तारिख वार्षीक साधरणसभा गर्ने निर्णय गरेको छ । तमू धिँ कोरियाको वार्षिक गतिविधि र आगामी कार्ययोजना बारे साधरणसाभामा छलफल गरिने भएको छ । त्यसैले  कोरियामा रहेको सम्पूर्ण तमू बन्धुहरुलाई साधारणसभामा सहभागि भई आफ्नो राय सुझाव दिन हुन तमू धिँ कोरियाले आग्रह समेत गरेको छ ।

No comments:

Post a Comment