Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, August 31, 2014

बुढासुब्बा सांगीतिक सौंगात कार्यक्रम तयारी पुरा,कलाकार ६ तारिख आउदैं


नमस्ते नेपाल कोरिया संवाददाता -
धरान कोरिया सहयोग समिति दक्षिण कोरियाले आगामी सेप्टेम्बर ७ तारिखआइतबारका दिन गर्न लागेको सांगीतिक कार्यक्रमको तयारी पुरा भएको छ ।
 कोरियाको महान चाडको अवसर पारेर बुढासुब्बा सांगीतिक सौंगात कार्यक्रमको सम्पुण तयारी पुरा भएको धरान कोरिया सहयोग समिति दक्षिण कोरियाका अध्यक्ष डम्बर सुब्बाले बताए ।त्यसैंगरी नेपालबाट सो कार्यक्रममा सहभागी हुनका लागि कलाकारहरु सेप्टेम्बर ६ तारिख कोरिया आइपुग्ने भएका छन् ।

कार्यक्रममा सहभागी हुन नेपालका ख्यातिप्राप्त पप गायक सविन राई,नेपाल स्टार विष्णु चेम्जोङ, लोकगायिका ज्योति थापामगर,चर्चित हास्यकलाकार तक्मे बुढा अर्थात विल्सन वित्रम राई आउदैंछन् ।     त्यसैंगरी स्थानीय कलाकारहरुमा  नृत्याङ्गानाहरू रोशना केसी र पूणिमा गुरुङले पनि दर्शकलाई नचाउने छन् , भने सुदिप बमजन , रुपेन लामा ,दिप्लक लिम्बु ,एलिया तामांग र स्थानीय ट्रिनिटी ब्यान्डले थप मनोरञ्जन दिनेछन्।
सामाजिक कार्यमा समेत अगाडि रहदैं आएको धरान कोरिया सहयोग समितिले कार्यक्रमबाट उठेको रकम सेल्टर सञ्चालन तथा धरानमा भ्यू टावर निर्माणमा खर्च गनैंछ ।यसैंबीच धरानमा भ्यू टावर निर्माण गर्न विजयपुर १४ मा ६ कठ्ठा धरान नगरपालिकाले उपलब्ध गराउने निश्चित भएको अध्यक्ष सुब्बाले जानकारी दिए ।

No comments:

Post a Comment