ऐश्वर्य श्रेष्ठ, कोरिया -
तीन बर्ष अघि 'दि राईज'एल्बम बजारमा ल्याएको गायक लिलाहाङराईको हालैं मात्र 'आई लभ यु प्रियसी'बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन् ।६ वटा गीत समेटेर दि राईज बजारमा ल्याएका राईले निक्कैं मेहनतका साथ भिडियो निर्माण गरेको बताउछन् ।
युगल पोमो लिम्बुले निर्देशन गरेको भिडियोमा अनु शाह र नरेन खडकाको अभिनय रहेको छ ।क्यामेरा अमृत सुनुवारले चलाएका छन् भने भिडियोको सम्पादन निशान घिमिरेले गरेका छन् ।राईले आफनो पहिलो एल्बम भएकोले एल्बम सफल पार्न कुनैं कसर बांकी नराखेको बताउंछन् ।


No comments:
Post a Comment