Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, August 31, 2014

कोरियामा मगर संघको ''तेरिया तथा नेपथ्यको कार्यक्रम''ले सम्पूर्ण रेकर्ड तोडी तहल्का मच्चाउने

निश्चल काउचा ,दक्षिण कोरिया 
कोरियामा आगामी सेप्टेम्बर ७ तारिख छुसकको पहिलो दिने नेपाल मगरसँघ गणतन्त्र कोरियाले आयोजना गर्न लागेको ''नेपथ्य लाइभ कन्सर्ट इन कोरिया साथमा लिटल डान्स क्वीन तेरिया'' नामक कार्यक्रमले तहल्का मच्चाउने आयोजक समितिले दावी गरेको छ ।

आयोजकले  कार्यक्रम अहिलेसम्मकै उत्कृष्ट  हुने तथा कोरियामा हुने नेपाली  कार्यक्रमहरुमा
नया रेकर्ड तोड्ने बताए l   कोरियाको नेपालीहरुको   इतिहासमा पहिलो पल्ट उत्कृष्ट ध्वनि(साउण्ड सिस्टम) १ करोड वन बराबरको उत्कृष्ट साउण्ड सिस्टम र बत्तीहरु प्रयोग गरिने मञ्च तथा हल सजावट समितिका प्रमुख नगेन्द्र थापा मगरले जानकारी दिए । साउण्ड ब्यबस्थापन गर्न साउण्ड इन्जिनियर यल जङ लीको  नेतृत्वमा १० जनाको कोरियन प्राबिधिक टोली कार्यक्रम अवधि खटिने छन ।

कार्यक्रमको लागि तयार गरिएको ९० प्रतिसत टिकट बिक्री भैसकेको आयोजकले जनाएको छ । ''तेरिया मगर सम्मान'' कार्यक्रमको नीम्ति कोरियामा रहेका बिभिन्न कृयाशिल संघसंस्थाहरूले संपर्क गरि सकेको तेरिया मगर सम्मान समितिका पदाधिकारी याम श्रीस मगरले जानकारी दिए ।

आफ्नो धमाकेदार प्रस्तुति दिन नेपथ्य समूह सेप्टेम्बर ४ तारिख कोरिया आईपुग्ने छ भने तेरिया मगर ६ तारिख आईपुग्ने कार्यक्रम व्यवस्थापन समितिका संयोजक झक थापा मगरले जानकारी दिदै आयोजक कलाकारहरूलाई भब्य स्वागत गर्न आतुर रहेको बताए ।  

No comments:

Post a Comment