Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, August 21, 2014

एसएमटीको प्रथम स्याङ्जा रनिङ कप भलिबल प्रतियोगिताको तयारी पुरा

नमस्ते नेपाल कोरिया संवाददाता 
सदभाव र एकताको कामना, स्याङ्जा रनिङ कपको आयोजना भन्ने मुल नारालाई उदघोष गर्दै स्याङ्जा मेरो टिम गणतन्त्र कोरियाले आयोजना गर्न लागेको प्रथम स्याङ्जा रनिङ कपु भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । स्थापनाको छोटो अवधिमा नै कोरियाबासी नेपाली माझ छुट्टै इमेज राख्न सफल एसएमटिले वर्षेनी भिन्न भिन्न कार्यक्रमको साथमा आफ्ना शुभचिन्तक शुभेच्छकहरु सँग निरन्तर नजिक रहने उदेश्यलाई मुर्तरुप दिन यसपटक स्याङ्जा रनिङ कपको आयोजना गरेको हो । प्रतियोगिता आउदो अगष्ट ३१ तारिक आइतवारका दिन अइजम्बु स्थित सिहुङ्ग यनिभर्सिटी माङ्गवल्सा हलमा हुदैछ ।

रनिङ कपको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको महासचिव बेदना आलेले जानकारी दिनुभयो । त्यसैगरी सचिव लेशन गुरुङले कोरियामा कृयाशिल सम्पूर्ण संघसंस्थाहरुलाई पत्राचार गरिसकेको र कदमकदचित पत्र प्राप्त नभएमा यसै समाचारलाई अधिकारिक सुचना मानी उक्त कार्यक्रममा उपस्थिती भइदिनुहुन सबैमा आग्रह गरेका छन् । उक्त दिन कार्यक्रम स्थलमा विभिन्न नेपाली स्वादका परिकारहरुको साथमा स्थानिय कलाकारहरुको बिशेष प्रस्तुती रहने कार्यक्रम संयोजक प्रेम थापाले जानकारी गराउनुभयो । स्याङ्जा रनिङ कप भलिबल प्रतियोगिताको टाई सिट अगामी अगस्टको २४ तरिक दिन दोङ्देमुन स्थित लुम्बिनी रेष्टुरेण्टरेमा हुने संयोजक थापाले बताउनुभयो ।

No comments:

Post a Comment