Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, August 25, 2014

कोरियामा मगर संघको भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न

निश्चल काउचा ,दक्षिण कोरिया -
कोरियाली चाड छुसकको पहिलो दिन सेप्टेम्बर ७ तारिखमा  नेपाल मगरसँग गणतन्त्र कोरियाले आयोजना गर्न गइरहेको "नेपथ्य लाइभ कन्सट इन कोरिया साथमा लिटल डान्स क्विन तेरिया" नामक कार्यक्रमलाई भब्य रुपमा सफल बनाउनको  लागि गरिएको कार्यक्रम सिवल स्थित नेपाल हाउसमा गरिएको थियो । 
पुरण रानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अथितीको रुपमा जनजाती महासँग कोरियाका अध्यक्ष भक्त शेरचन अथितीहरुमा एन आर एनका अध्यक्ष बिनोद कुवर , एन सी सीका बलराम पुन , गोरखा परिवारका लक्ष्मण भन्टना , याक्थुङ चुम्लुङका भिम चेम्जोङ , बाग्लुङ संपर्क समितिका तारा केसी , म्याग्दी संपर्क समितिका भरत तुलाचन , नेपाली एकता समाजका बिदुर शर्मा, फोनिज कोरियाका यम श्रीस , हेलो नेपाल कोरिया डट कमका पुष्पराज लामिछाने , नेपाल मगरसँगका सल्लाकारहरू अप्त पुन , हेम थापा , खडग पुन , नर थापा , झक थापा रहनु भएको थियो । नेपाल हाउसको हल खचाखच भरिएको कार्यक्रममा कोरियामा रहनु हुने नेपालीहरूको उल्लेखिय उपस्थिती रहेको थियो ।

आफ्नो मन्तब्य राख्ने क्रममा नेपाल मगरसँग कोरिया अध्यक्ष पुरण रानाले नेपाल मगरसँगलाई जातीयसंस्थाको रुपमा नहेरी दिन आग्रह गर्दै "नेपथ्य लाइभ कन्सट इन कोरिया साथमा लिटल डान्स क्विन तेरिया" कार्यक्रम कोरियामा रहेका सम्पुर्ण नेपालीको कार्यक्रम भएको उल्लेख गरे । संस्थाका माहसचिब सिपी मगरले कार्यक्रमको ८० प्रतिशत तयारी पूरा भैसकेको जानकारी दिए । सोही अबसरमा बोल्दै नेपाल मगरसँग गणतन्त्र कोरियाका भुपु अध्यक्ष झक थापाले "नेपथ्य लाइभ कन्सट इन कोरिया साथमा लिटल डान्स क्विन तेरिया" नामक कार्यक्रम एैतिहासिक हुने नेपथ्य समुह नेपालमा मात्र नभएर बिदेशमा पनि उत्तिकै चर्चित रहेको हुदा हल सानो रहेकोले दर्शकलाई सिट नपुग्ने चिन्ताले सताएको सुनाए । उक्त कार्यक्रम सँस्थाका सचिव अर्जुन थापाले गरेका थिए ।

No comments:

Post a Comment