Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, August 20, 2014

अब एमआरपीको विवरण वेबसाइटबाटै हेर्न सकिने

काठमाडौ, 
 मेसिन रिडेबल पासपोर्ट (एआरपी) को लागि आवेदन दिएकाहरुले आफ्नो पासपोर्ट तयार भए नभएको अब वेबसाइटमा हेर्न सक्ने भएका छन् । जिल्ला तथा दूताबासमा पुगेपछि पनि तत्काल जनतालाई राहदानी वितरण नगर्ने गुनासो बढेपछि राहदानी विभागले सबैले हेर्नसक्ने गरि राहदानी आएको र पठाएको सूचि नै वेबसाइटमा राखिदिन थालेको हो ।

राहदानी विभागका महानिर्देशक रमेश खनालका अनुसार अव राहदानीको अवस्था आवेदक आफैले विभागको वेवसाइटमा हेर्न सक्नेछन ।

परीक्षणको रुपमा मंगलबारदेखि राहदानी कुन जिल्लाबाट कहिले आएको र कहिले फर्काएको भन्ने एकमुस्ट जानकारी राखिएको छ । एक साता भित्र नै सबैको नामसहित नै त्यहाँ राखिने ब्यवस्था गरिने उनले बताए । धेरै जिल्लामा राहदानी उपलब्ध गराउन जनतालाई दुई महिना भन्दा पनि बढी समय लगाउने गुनासो आएपछि विभागले समयमा पठाएको जानकारी दिन त्यस्तो उपाए रचेको हो ।

दुतावासहरुमा पनि तीनदेखि चार महिनामा पनि राहदानी नपाउने समस्या छ । जिल्लाको १४ दिन र मिसनको एक महिना भित्र रहदानी पुगिसकेको हुन्छ । तर पनि किन ढिलाई भन्दै विभागले आफ्नो वेवसाइटमा त्यस्तो सूची राख्न थालेको हो। विभागले राहदानी नबन्नेहरुको के कारणले बनेन समस्या के मा छ समेत भनेर वेवसाइटमा राख्ने ब्यवस्था गर्न लागेको महानिर्देशक खनालले बताए । उनले भने, 'कतिपयको राहदानीको जन्ममिति, हस्ताक्षर फोटो नमिलेर फारम केरमेर भएर बनेको अवस्थामा प्रमाणित नागरिकता शंका लागेर नबनेको पनि छ । यो सबै स्पष्ट राखिदिने ब्यवस्था गर्दैछौ ।'   सर्वसाधारणले सिधै डब्लुडब्लुडब्लु.डीओपीएमओएफए. जिओभी.एनपीमा गएर त्यो स्टाटस हेर्न सकिने छ । दूतावासको लागि मिसन र जिल्लाको लागि डिस्ट्रिकमा जानपर्ने हुन्छ । अहिले पनि राहदानी विभागमा जिल्ला, मिसन र दोब्बर दस्तुर गरेर दैनिक ६ हजार भन्दा राहदानी तयार हुने गरेको छ ।

सरकारले प्रत्यक्ष फारम भर्ने प्रणाली लागू गर्न नसक्दा जनताहरु अझै पनि दैनिक लामो लाइन लागेर बस्न पर्ने अवस्था रहेको छ । विभागले सन् २०१५ नोभेम्वर २४ भित्र हस्तलिखितलाई विस्थापित गर्न आवश्यक छ । त्यसको लागि एक बर्षमा २० लाख राहदानी बनाउन पर्नेछ यो अवस्थामा त्यति सहज भने देखिएको छैन । विभागको निर्देशक खनालले यो समस्या समाधान गर्नेगरी कामहरु अघि बढेको बताए । - कान्तिपुर


No comments:

Post a Comment