Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, August 21, 2014

कोरियामा रुपन्देही सम्पर्क समितिले भेटघाट तथा चियापान कार्यक्रम गर्ने

नमस्ते नेपाल कोरिया संवाददाता  
कोरियामा आउदो अगस्त २४ तारिक आइतबारका दिन रुपन्देही सम्पर्क समितिले   भेटघाट तथा चियापान कार्यक्रम गर्ने भएको छ ।

रुपन्देही  सम्पर्क समितिले अगस्त २४ तारिक आइतबारका दिन राजधानी सउलको नेपाल हाउसमा दिउसो ३ बजे कार्यक्रम गर्न लागेका हुन् l दक्षिण कोरियाको कामको थकान तथा आफन्त परिवारको बिछोडको पिडा भुल्न  विभिन्न कामको  सिलशिलामा कोरियामा प्रवेश गरेका  रुपन्देही जिल्लाका साथीहरु  एकै ठाउँमा बसी चिनजान गर्ने उदेश्यले यो भेटघाट तथा चियापान कार्यक्रम गरेको संस्थाका अध्यक्ष प्रितम गुरुङले नमस्ते नेपाल कोरिया डट कमलाइ बताए l अध्यक्ष गुरुङले आउदो सेप्टेम्बर ८ तारिक छुसकमा संस्थाले गर्न लागेको रमाइलो लुम्बिनी रमजम भाग २  कार्यक्रमको लागि तयारी तथा प्रचार प्रसारलाइ तिब्रता दिन अनि विभिन्न संस्थाहरुसीत  छलफल गर्न पनि यो कार्यक्रमको आयोजना गरेको पुन बताए l

 दक्षिण कोरियामा रहेका रुपन्देही  जिल्लाका साथीहरु बीच आपसी सम्बन्ध विस्तार एवं सुद्द्ढ गर्दै पारस्परिक सहयोग अभिबृदी तथा आफु जन्मेको जिल्लाको बिकासमा केहि सहयोग गर्ने उदेश्यले स्थापित रुपन्देही  सम्पर्क समिति नेपाल तथा कोरियामा विभिन्न सामाजिक कार्यहरु  गरिसकेका छन्  l  आउदा दिनहरुमा पनि संस्थाले सामाजिककार्यहरुलाइ तिब्रता दिने बताए l संस्थाले आउदो अगस्त २४ तारिक आइतबारका दिन गर्न लागेको भेटघाट तथा चियापान कार्यक्रममा   दक्षिण कोरियामा रहेका रुपन्देही जिल्लाका साथीहरु  कोरियामा रहनुभएका बिभिन्न ब्यक्तित्वहरू ब्यापारी,बुद्दीजिवी ,पत्रकार,बिधार्थी , बिभिन्न जिल्लाका प्रतिनिधिहरू र रुपन्देही जिल्लाबासी दाजु -भाई दीदी -बहिनिहरूलाई  यसै सुचनालाई आधार मानी उपस्थित हुन आग्रह गरेका छन् ।

कार्यक्रम " भेटघाट तथा चियापान कार्यक्रम "
आयोजक : रुपन्देही सम्पर्क समिति
मिती -२०१४ अगस्त २४ तारिक आइतबार
स्थान -नेपाल हाउस
समय -दिउसो ३ बजे



No comments:

Post a Comment