Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, August 20, 2014

हुण्डी जोखिम, बैंक झन्झटिलो

मिङमार लामा, सउल कोरिया 

सोलुखुम्बुका  तेज राई कोरिया आएको साढे २ वर्ष भयो | आए देखिनै  हुण्डीमार्फत पैसा पठाउदै आएका थिए | एक बर्षपछि नेपाल फर्किने सोच बनाएका उनले अब बैंकमार्फत पैसा पठाउने सोच बनाएका छन् | घर फर्केर  केही गर्ने सोच बनाएका उनलाई हुण्डीबाट पैसा पठाउदा भोलि  सरकारले आफ्नो कमाइको स्रोत खोज्यो गार्हो होला भन्ने चिन्ता छ |त्यसैले बैंकबाट अब बैंकबाट पैसा पठाउने निधोमा पुगेका हुन् |'हुन त बैंक केहि झन्झटिलो नभएको होइन ' उनले भने ' तर पनि भविष्य सोचेर यो निर्णयमा गरेको को हुँ|'
 बैंकको नियम केहि असहज रहेको सोलुखुम्बुकी  पसी लामाको अनुभव छ |साथीहरुको सल्लाहले उनि दुङदेमुनमा रहेको  उरी बैंकमा खाता खोल्न पुगेकी थिइन् | बैंकले २ वटा खाता बनाइदियो | एउटा इजी र अर्को सेभिङ | भाषाका कारणले  पैसा जम्मा गर्दा सेभिङमा परेछ | यो  खातामा जम्मा भएको पैसा नेपाल जादा वा बैंकको अनुमति बिना चलाउन नपाइने रहेछ | आजभोली उनि बैंक वा हुण्डी कताबाट पैसा पठाउने भन्ने दोधारमा  छिन |
 कोरियामा रहेका नेपालीहरुले आफ्नो कमाइ बैंक र हुण्डीमार्फत घर पठाउने गर्छन | पछिल्लो समय बैंकबाट कारोबार गर्ने कामदार बढ्दै गएका छन् |कामदारले मात्र होइन कोरियन नागरिक संग बिबाह गरेर आएका,ब्यबसायीले पनि बैंक मार्फत पैसा पठाउने गरेका छन् | ३ वर्षअघि बैबाहिक भिसामा यहाँ आएकी उषा राई (नाम परिबर्तन ) बैंकबाट नै  माइतमा पैसा पठाऊदै आएकी छिन  | उनि आफुलाई हुण्डी भनेको के हो थाहा नभएको बताउन्छिन् |हुण्डीबाट पैसा पठाउदा जोखिम हुने थाहा पाएपछि काभ्रेका दावा लामाको सोचाई फेरिएको छ | झन्झट भए पनि बैंकबाटै पैसा पठाउने निर्णयमा पुगेकी छिन |
 कैलालीका लोकेन्द्रबहादुर शाहालाई हुण्डी जोखिम हुन्छ भन्ने थाहा छ तर उनि  बिहान ८.३० देखि बेलुकी ११ बजे सम्म काम काम गर्छन |कार्यालय समयमा बैंक जान पाउदैनन |आइताबार बैंक  खुले पनि भिड धेरै हुने भएकाले हुण्डीबाटै पैसा पठाउन बाध्य भएको उनले सुनाए |शाहको जस्तै नियती कोरियामा रहेका धेरै नेपाली कामदारको रहेको छ |तर केईबी रिटेल मेनेजर सुरेश सुब्बा आफ्नो बैंकमा त्यस्तो कुनै झन्झट नरहेको बताउन्छन | स्मार्ट फोन र  इन्टरनेट बैंकिङबाट पनि केईबीमार्फत पैसा पठाउन सकिने सुब्बाको दाबी छ |

कोरियामा नेपालीको संख्या २६ हजार रहेको छ |यी  मध्ये धेरैले हुण्डीबाट पैसा पठाउने गरेका छन् |हुण्डीबाट पैसा पठाउँदा देशलाई अर्बौं  रेमिटेन्स घाटा भैरहेको छ |भने सरकारले सम्पतिको श्रोत खोज्यो भने दुखले कमाएको पैसा  अबैध हुने सम्भावना  हुन्छ |
कोरियाबाट केईबी,हाना,उरी जस्ता बैंकहरुबाट नेपाल पैसा पठाउन सकिन्छ | उनीहरुले नेपाली बैंकसँग सहकार्य गरिरहेका छन् |बैंकहरुले पनि बैंकमार्फत पैसा पठाउनको लागि बिभिन्न अभियान चलाएका छन् तर नि बैंक बाट पैसा पठाउनेको संख्या न्यून छ |
भने हुण्डीवालाले बिभिन्न ठाउमा प्रतिनिधी राखेका हुन्छन |ती प्रतिनिधिहरुले कामदारबाट पैसा संकलन गर्छन |नाम बताउन नचाहने एक प्रतिनिधिका अनुसार  उनीहरु कमिसनमा काम गर्छन | उनका अनुसार प्रतिनिधिहरुका लागि  छुटै बैंक खाता उपलब्ध गराईएको हुन्छ | 'हामी त बिचमा बसेर पुलको काम मात्र गर्ने हो , आफु फस्ने डर पनि हुदैन ' उनले भने |१लाख नेपाली पठाउदा १० देखि १५ हजार वन आफुले पाउने पनि उनले खुलाए |ती प्रतिनिधिले  आनसान शहरमा मात्र ५० भन्दा बढी हुण्डी प्रतिनीधि  रहेको बताए |
कोरियाबाट नेपाली कामदारका लागि  पैसा पठाउने माध्यम बैंक र हुण्डी नै हुन् |बैंक झन्झटिलो भए पनि बैधानिक र भरपर्दो हुन्छ | हुण्डी सस्तो भए पनि अबैधानिक भएकाले जोखिम पनि हुन्छ | दुखले कमाएको पैसा कसरि परिवार समक्ष पुर्याउने भनेर निर्णय कामदार आफैले गर्नुपर्ने देखिन्छ |

No comments:

Post a Comment