Friday, August 8, 2014

चैाथो नागार्जुन कप फुटबल प्रतियोगितामा टिम दर्ता गर्न आह्वान

विकास मोक्तान ,दक्षिण कोरिया l 
कोरियाको महान चाड छुसकको पावन अवसर पारि २०१४ सेक्टेम्वर ९ तारीख तोङ्दुछन फुटवल मैदानमा नागार्जुन गुम्वा दक्षिण कोरियाद्वारा आयोजना गर्न लागेको चैाथो नागार्जुन कप फुटवल प्रतियोगीतामा यहि अगस्ट २४  तारिख भित्र टिम दर्ता गर्न आह्वान गरिएको छ ।

 प्रतियोगिताको  टाईसिट यही अगस्ट ३१तारीख आईतवार सार्वजनिक गरिने  छ ।


प्रतियोगिताको नियमहरु 
1 प्रत्येक खेल ६० मिनेटको हुनेछ l
2.प्रत्येक खेलमा पहिलो हाफ २५ मिनेट ,दोस्रो हाफ २५ मिनेट तथा रेष्ट समय १० मिनेटको हुनेछ l
3. खेल बराबरीमा तुंगेमा पेनाल्टी मार्फत विजेता घोषणा गरिनेछ l
4.टिम दर्ता शुल्क २ लाख  ५० हजार वन लाग्नेछ ।
 5.प्रत्येक टिमले ५० हजार वन डिपोजिट राख्नुपर्नेछ l

6.खेलमा पहेलों कार्ड पाएको खण्डमा १० हजार वन तथा रातो कार्ड पाएको खण्डमा २० हजार वन कट्टा गरि बाँकि रकम फिर्ता गरिनेछ l

7.खेलको लागि चाहिने ड्रेस ,जुता तथा अन्य सामानहरु सहभागी खेलाडीहरुले जुटाउनु पर्नेछ l
8. नेपाली वाहेक अन्य देशको खेलाडि समावेश गराउन पाउने छैन ।
9. खेलमा सामान्य विवाद भन्दा वाहेक अन्य हात हालाहालको स्थिति आएमा अवस्था हेरि  कारवाहि गरिनेछ ।
10. खेल मैदानभित्र खेल खेल्ने क्रममा उश्रृङखल गतिविधी गर्ने खेलाडि वा टिमलाई सोत खारेजी गरिनुको साथै अर्को प्रतियोगितामा भाग लिन समेत पाउने छैन।
11.रेफ्रीको निर्णय अन्तिम निर्णय हुनेछ l
 12.टिम दर्ता गर्दा टिम मेनेजर सहित १६ जना खेलाडिको नाम दिनुपर्नेछ ।
13.टिम मेनेजर सहित १६ जनालाई खानाको ब्यवस्था गरिएको छ ।

टिम दर्ताको लागी 
खाता नं 58900207602018
IBK bank
lama urgen


सम्पुर्ण  जानकारिको लागी
 खेलकुद संयोजक:  ब्रो तमु 01065251899
गुम्वा प्रमुख उर्गेन लामा 01045662717
सचिव विकास मोक्तान 01064925915

No comments:

Post a Comment