Friday, August 8, 2014

स्वास्थ्य शिबिर र मेरो अनुभब

यम श्रेष्ठ 
सहयोगी मित्र "गैर सरकारी संस्थाको पहल र "नेपाल योङ्ग स्टार ग्रुप"सँगको सहकार्यमा  तनहुँ जिल्लाको भिमाद -१  को प्रभात एकेडेमीमा र अनुग्रह चर्चमा (श्रावण १७ -२१), पाँच दिने निशुल्क स्वास्थ्य शिबिर कार्यक्रम समाप्त भएको छ ।

सर्वप्रथम म यस कार्यक्रमलाई सहयोग पुर्याउनु हुने, सेवा प्रदान गर्नुहुने कोरियाको "बुन्दाम टिम" का कोरियन डाक्टर, नर्स तथा भोलेन्टरहरु र नेपालका तर्फबाट सहयोग पुर्याएर सेवामा समर्पित नेपाली डाक्टर, नर्स, अनुवाद, स्वयम् सेवक सबैप्रति हार्दिक आभार प्रकट गर्दछु!
यस कार्यक्रममा भिमाद गाबिस र सो आसपासका ग्रामिण भेगका २७२१ (सताइस सय एकाइस) जना दिन दुखि, असाहय, अनाथ, गरिब रोगी तथा  बिरामीहरुले आ- आफ्नो निशुल्क उपचार तथा परामर्श पाएर केहि राहत र लाभ उठाएका छन् ।

कोरियाबाट ४२ जना डाक्टर, नर्स, फार्मेसी र स्वयम् सेवक हुनुहुन्थ्यो भने हामी नेपाली टिममा स्त्री रोग सम्बन्धि डाक्टरहरु, अनुवादकको रुपमा नर्स र योङ्ग स्टारका ग्रुपका सदस्यहरु र स्थानिय स्वयम् सेवकहरु गरि करिब ४५ जना रहेका थियौ ।


सरकारी  क्षेत्रबाट जनताको स्वास्थ्य प्रति उदार नीति र सुधारमुलक कार्यक्रम ल्याउन नसक्नु, गरिबी, आर्थिक अभाब, अशिक्षा, र अज्ञानताको कारणले गर्दा नेपालका धेरै जनताले आफ्नो रोग (लुकाइ) पालेर बस्न बाध्य भएको र कतिपयले भयानक प्राणघातक रोग सँग लड्दै जीवन बिताइरहेको र कयौ यस्तै रोगको शिकार भएको छ ।

यस मेडिकल क्याम्पमा बृद्द बृदा रोगी, बिरामी र विभिन्न स्वास्थ्य समस्याले ग्रसित नेपाली आमा बुबा, दाजुभाई दिदीबहिनी, भाइबहिनीहरुको समस्यामा थोरै भएपनि मलम लगाई सेवा गर्न पाउँदा ज्यादै हर्षित महसुस त भयो नै, तर पनि सधै बिदेशिलाइनै गुहार्नुपर्ने अरुकै सहायतामा बाँच्नु पर्दा खल्लो महसुस पनि भयो!तर पनि जहाँबाट जसरी भयपनी सहयोग गर्ने हात र मन प्रति सदैब कृतज्ञ नै छु ।


 मानिसको सबैभन्दा अमुल्य धन भनेको स्वास्थ्य नै हो, यस क्षेत्र प्रति सरकारको ध्यान जान सके र सबैलाई जनचेतना जगाउन सकेमा सम्पूर्ण नेपालीले स्वस्थ भएर आनन्दको श्वास फेर्न सक्नेछन्! "स्वास्थ्य नै ठुलो धन हो ।"यस क्याम्प अवधिमा मैले बिरामीहरुको पिडा र मर्मलाई  डाक्टर सामु उल्था गर्ने जिम्मेवारी पाएको थिए! मैले आफ्नो तर्फबाट आफुले सकेजति सबैले सुनाएका समस्याहरुलाई हु- बहु कोरियन डाक्टरहरु समक्ष उल्था गर्ने प्रयास गरे र केहि समय लगाएर भएपनि बिरामीको सम्पूर्ण समस्या सुने!  डाक्टरबाट दिने सल्लाह, औषधी बाहेक अन्य आफुले जानेको ज्ञान अनुभब पनि बाड्न पछि हतिन!हाम्रा अन्य सहकर्मी मित्रहरुलाइ पनि यस्ता कुरामा ध्यान दिन बेला बेलामा आग्रह गरिरहन्थे! सबै मिहेनत र लगनशील पुर्वक सेवामा खटिरहेका थिए ।

हाम्रो नेपाली स्वयम् सेवकको टिम र कोरियन स्वयम् सेवक टिम बिच कसरी प्रभावकारी ढंगबाट स्वास्थ्य सेवा, परिक्षण तथासेवा प्रदान गर्ने बिषयमा छलफल र प्रशिक्षण लिइरहन्थ्यौ! उमेर ढल्केका बृद्द, बृद्दा, अर्धबैसे , युवा युवती, बालबालिकाहरु आ -आफ्नो ब्यथा बोकेर आएका थिए ।

धेरै बृद्द बृद्दाको आ आफ्नै उस्ता उस्तै दम बढ्ने, ढाड कम्मर तथा जोर्नीहरू दुख्ने,पेट सम्बन्धि,खानाको अरुचि अपच, स्वासप्रस्वास,मधुमेह, प्रेसरको रोग आदि, महिलाहरुको स्त्री रोग र बालबालिकाहरुको बाल रोग, दन्त, अकुपन्चर, आखाँ, सर्जरी, अल्ट्रासाउण्ड आदिको उपचार हुनुको साथै औषधी पनि निशुल्क वितरण गरिएको थियो!
खानपिन, सरसफाइ, काम गराइ, स्वास्थ्य सम्बन्धि अज्ञानता, हेलचेक्राइ ,समय समयमा स्वास्थ्य परिक्षण नगराउनु र रुढिबादी पराम्परामा बिश्वास राखी समयमा उचित उपचार नगराउदा, नपाउदा झन् समस्या बढ्दै गइरहेको भान भयो र डाक्टरहरुले पनि यस्तै कुरा औलाउदै प्रस्ट पार्नु हुन्थ्यो ।

आशा  गरौ,   हामी पनि एकदिन यिनै कोरियन नागरिक झैँ सामाजिक उतरदायित्व र मानबिय भावनाले ओतप्रोत भै सहयोगी मन र हातहरु एक्यबद्द भएर स्वदेश तथा बिदेशका चिरिएका घाउहरुमा (पिडाहरुमा) मलहम पति लगाउन पुग्ने छौ । आफु स्वस्थ भइ बाँचेर अरुलाई पनि स्वस्थ भइ बाँच्न हौसला र प्रेरणा जगाउनेछौ ।
शिबिरको अन्त्यपछि एकअर्कामा माया प्रेम र सदभाब बाँड्दै, मायाको चिनो लिएर पुन: भेट्ने बाचाका साथ दुइ टिम एक अर्कासंग बिदा लिएर छुट्यौ  ।
केहि दिन केहि समय भएपनि कोरियन सेवकहरुको साथमा सेवा गर्ने मौका पाउनु र नजिक भएर धेरै स्वास्थ्य सम्बन्धि ज्ञान हासिल गर्नुका साथै  यस क्षणमा बिताएका रमाइलो  पल मेरो जीवनमा सदैब अबिस्मरनिय रहिरहनेछ  ।

No comments:

Post a Comment