Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, August 25, 2014

कोरियामा रुपन्देही सम्पर्क समितिको भेटघाट तथा चियापन कार्यक्रम सम्पन्न

रमेश खावाजु ,दक्षिण कोरिया ,
२४ अगस्त आइतबारका दिन राजधानी सउलको नेपाल हाउसमा रुपन्देही सम्पर्क समितिको भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न भएको छ l
लुम्बिनी अञ्चल अस्पताल सहयोगार्थ आगामी सेम्टेम्बर ८ तारिख छुसकको दोस्रो दिनमा  गर्न लागेको सांस्कृतिक कार्यक्रमको तयारी तथा आफ्नो जिल्लाका साथीभाईहरु सिट भेटघाट गर्न सो कार्यक्रम गरेको  संयोजक कृष्ण गुरुङ ( ब्रो) ले नमस्ते नेपाल कोरिया डट कमलाइ बताए l   उहाँले कार्यक्रमको लागि नेपालबाट आउन लागेको सबै कलाकारको भिषाको काम समेत पुरा भइसकेको जानकारी गराउनुभयो ।

कार्यक्रमलाई सफल पार्न आवश्यक सुझाव र सहयोगको लागि आइतबार सम्पन्न चियापान तथा भेटघाट सांस्कृतिक कार्यक्रममा वक्ताहरुले  छाता संघ एनसिसिमा आवद्ध संघसंस्थाले कार्यक्रम गर्दा नेपालबाट कलाकार झिकाउने क्रममा गैर कलाकार पनि भित्रिने जस्ता मानव तस्करीलाई रोक्न पहल गर्नु पर्ने माग गरेका थिए । त्यस्तै छुसकमा कार्यक्रम गर्दा संघसंस्थालाई नियमसंगत प्रजातान्त्रिक पद्धती अपनाएर तोकिनु पर्ने सुझाव समेत दिएका थिएका थिए ।

कार्यक्रममा एनसिसिबाट कार्यक्रम गर्न स्विकृत प्राप्त संघसंस्थाहरुले हातेमाले गर्दै कार्यक्रम सफल पार्न अनुरोध समेत गरिएको थियो । गैर आवासिय नेपाली संघ कोरियाका अध्यक्ष विनोद कुँवरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एनसिसिका उपाध्यक्ष केशब गौतम, पत्रकार महासंघ कोरियाका अध्यक्ष अशोक मैनाली ,  आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष भक्त शेरचन, जनसम्पर्क समिति कोरियाका अध्यक्ष नवराज शिवाकोटी, प्रवाशी नेपाली मञ्च दक्षिण कोरियाका अध्यक्ष गोविन्द गाउँले, जनअधिकार मञ्च कोरियाका अध्यक्ष सागर न्यौपाने, बौद्ध परिवारका अध्यक्ष इश्वर गुरुङ र तमूधिँ कोरियाका अध्यक्ष सुरज गुरुङ लगायतले बोलेका थिए । त्यस्तै  कार्यक्रमका  सभापति तथा रुपन्देही सम्पर्क समितिका अध्यक्षले आउदो सेप्टेम्बर ८ तारिक चुसककको दोश्रो दिनमा हुने रमाइलो लुम्बिनी रमझम भाग २ कार्यक्रम सफल बनाउन कोरियाबासी नेपालीहरु तथा सम्पूर्ण संस्थाहरुलाइ अनुरोध गर्नु भएको छ l उक्त चियापान कार्यक्रममा   स्वागत  मन्तब्य संस्थाक उपाध्यक्ष राम कार्की तथा कायक्रम संचालन  संस्थाका सचिब कपिल न्यौपाने गर्नु भएको थियो l

No comments:

Post a Comment