Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, August 25, 2014

एनसिसिप्रति धरान कोरिया सहयोग समितिको आपत्ती

नमस्ते नेपाल कोरिया सम्वाददाता , दक्षिण कोरिया
कोरियामा नेपाली सम्पर्क समिति ( एनसिसि)ले  सांस्कृतिक कार्यक्रम बांडफांटमा पक्षपात र अन्यायपूर्ण गरेको भन्दै धरान कोरिया सहयोग समितिले प्रेस बिज्ञप्ति प्रकाशित गरिएको छ  ।
एनसीसी कोरियाले धरान कोरिया सहयोग समितिको  बारेमा विविध अर्नगल तथा भ्रामक प्रचारप्रसार गरेको प्रति समितिले घोरआपत्ती जनाउदै एउटा बैसाखी टेकेर हिडने बृद्धसंग दौडको मैदानमा भाग नलिने जानकारी गराएको छ ।

प्रेस विज्ञप्ती

आदरणीय दक्षिण कोरियावासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, सर्वप्रथम कोरियाको महानपर्व छुसक २०१४ को सुखद अवसरमा हार्दिक मंलमय शुभकामना व्यक्त गर्न चाहन्छौ ।

आदरणीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरु
कोरियामा धरान कोरिया सहयोग समिति दक्षिण कोरियाको स्थापना वि.सं. २०५४ (ई.सं १९९७) सालमा जिल्ला प्रशासन कार्यलय सुनसरी र नेपाल समाज कल्याणमा दर्ता भई दक्षिण कोरियामा पनि दर्ता प्रक्रिया अघि बढी रहेको एक वैधानिक संस्था हो । यो संस्थाले आफनो स्थापना काल देखि नै धरानको मात्र नभएर सिंगो नेपालीहरुको दुख पिडा वेदना र आपत विपतमा सहयोगी भुमिका निर्वाह गरी आएको कुरा दक्षिण कोरियामा रहेका नेपाली माझ घाम जुन जतिकै छर्ल¨ छ ।

दक्षिण कोरियामा नेपालीहरुको आगमनसंगै १९९३ सालमा सम्पूर्ण नेपालीहरु एक भएर स्थापना गरेको संस्था हो नेपाली सम्पर्क समिति अर्थात एनसीसी । जसले कोरियामा नेपाली राजदूतावास नभएको समयमा नेपाली माझ निकै लोकप्रिय र प्रभावकारी काम गरेता पनि ई.सं. २००७ सालमा वैधानिक नेपाली सरकारको राजदूतावास स्थापना भएपछि विस्तारै एनसीसीको नाम र काम नेपालीहरु माझ अलोकप्रिय र निष्प्रभावी बन्दै गयो । यसका मुल कारण दक्षिण कोरियामा बढदै गएको नेपालीहरुको चाप र नेपालीहरुको समस्या समाधान गर्नमा कुनै चासो नलिनु उनीहरुको समस्या समाधान गर्न कुनै पूर्व योजना तय गर्न नसक्नु आफुलाई सबै संघ संस्थाको छाता संस्थामा नामाकरण गरेपनि असल अभिभावकत्व निर्वाह गर्न सकेन । साथै एनसीसी आफै नेपाल र कोरिया कुनै राष्ट्रमा दर्ता छैन तर त्यही संस्थाले अन्य संस्थाहरुलाई सो संस्थामा दर्ता गराउनु यो आफैमा हांस्यांस्पद छ ।

कोरियामा प्रत्येक बर्ष हुने सलनाल (नयांबर्ष) र छुसक(दशै) को लामो विदामा हुने होडवाजी,प्रतिस्प्रर्धा, मनमुटावलाई ध्यानमा राख्दै २०१० सालमा कोरिया स्थित सम्पूर्ण नेपाली संघसंस्था, बुद्धिजीवी, पत्रकार,समाजसेवी आदीको बृहत छलफल पछि एनसीसीको रोहवरमा सांकस्कृतिक कार्यक्रम बांडफांड गरी सांस्कृतिक कार्यक्रम आयोजनामा समस्या उत्पन्न हुन नदिन ११ बुदे सहमतीपत्र तयार गरी कार्यन्यवयनमा ल्याएको थियो । तर यो बर्ष मात्र नभएर अघिल्लो बर्षहरुमा पनि सांकस्कृतिक कार्यक्रम बांडफांड कार्यक्रमको छनौट प्रक्रियामा  पक्षपातपूर्ण जातीयवाद,क्षेत्रियवाद,नातावाद कृपावाद आदीबाट लिप्त एनसीसी विवादमा परेको कोरिया स्थित सम्पूर्ण संघसंस्था लगायत दाजुभाई तथा दिदी बहिनीहरुलाई सर्वविधितै छ ।

एनसीसीले सांस्कृतिक बांडफांड कार्यक्रमको बारेमा सांस्कृतिक कार्यक्रम गर्न ईच्छुक विभिन्न संघसंस्थाहरुलाई आधिकारिक रुपमा पत्रचार नगरी होचुवाको भरमा केहि कोरियाका अनलाईन पत्रिकामा मात्र सुचना प्रकाशित गरेर हुकमवाद गरेता पनि यस धरान कोरिया सहयोग समितिले  कोरिया स्थित विभिन्न नेपाली संघसंस्था, बुद्धिजीवी, पत्रकार,समाजसेवी आदीले ऐतिहासिक संस्कार सांस्कृतिक बांडफांड कार्यक्रमको उच्च मुल्यांकन र कदर गर्दे ११ बुदे सहमतीको आधारमा धरान नगर पालिकामा भ्यु टावर निर्माण सम्बन्धी पारित नक्सा, आर्थिक बजेटका साथ ३ लाख वन दस्तुर तिरी निवेदन दिएका थियौ । तर कुकुरको पुच्छर १२ बर्ष ढु¨ग्रोमा राखे पनि जस्ताको तस्तै हुन्छ भन्ने उखान जस्तै सांस्कृतिक कार्यक्रम बांडफांड कार्यक्रमको छनौट प्रक्रियामा पक्षपातपूर्ण व्यवहार, जातीयवाद,क्षेत्रियवाद,नातावाद कृपावाद भएको सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा प्रष्ट पार्न चाहन्छौ ।

यस धरान कोरिया सहयोग समितिले कोरियाको महानपर्व छुसकमा सेक्टेम्बर ७ तारिख बुढासुब्बा सांगीतिक सौगात कार्यक्रम आयोजना गरी धरानको पर्यटन विकासलाई सहयोग पुग्ने उददेश्यले धरानमा भ्यु टावर निर्माण गर्ने ऐतिहासिक महान कार्यमा एनसीसीले सांस्कृतिक कार्यक्रम बांडफांटमा पक्षपात र अन्यायपूर्ण गरेको छनौटले यस संस्थाको उददेश्य माथी कुठाराधात भएको ठहर गर्दे एनसीसीको बालुवामा लेखेको नियमको पालना मान्न बाध्य नभएको र यी विषयलाई लिएर एनसीसीले यस धरान कोरिया सहयोग समितिको


बारेमा विविध अर्नगल तथा भ्रमक प्रचारप्रसार गरेको प्रति घोरआपत्ती जनाउदै एउटा बैसाखी टेकेर हिडने बृद्धसंग दौडको मैदानमा भाग नलिने सहर्ष जानकारी गराउन चाहन्छौ ।

दक्षिण कोरिया स्थित विभिन्न सामाजिक संघसंस्थाहरुले गरेको सामाजिक परोपकारी कार्यहरुको आदर र सम्मानका साथ भई परि आउने समस्या समाधानका लागी हातेमालो गर्दे, दुख सुखकामा साथ दिने वाचा गर्दे यहि सेक्टेम्बर ७ तारिख आईतबारको दिन धरान क्षेत्र विकासको लागी भ्यु टावर निर्माण तथा सेल्टर संचालन सहयोगार्थ स्वरुप आयोजित कार्यक्रम बुढा सुब्बा सांगितीक सौगात कार्यक्रममा सहभागी भई भव्य रुपमा सफल पारी दिनु हुन हार्दिक विनम्र अनुरोध गर्दछौ । धन्यवाद

No comments:

Post a Comment