नमस्ते नेपाल कोरिया सम्बाददाता-
सेप्टेम्बर ७ तारिक छुसकको दिन हुन गइरहेको नेपथ्य लाइभ कन्सर्ट इन कोरिया साथमा लिटल डान्स क्वीन तेरिया नामक कार्यक्रममा कोरियामा हुने नेपाली कार्यक्रमकै इतिहासमा पहिलो पल्ट उत्कृष्ट ध्वनि(साउण्ड सिस्टम)र झकिझकाउ बत्तीहरु प्रयोग गरिने भएको छ।
लाइभ कन्सर्ट भन्ने बित्तिकै प्रत्यक्ष बाजाहरु बजाएर प्रत्यक्ष गाउनु पर्ने हुनाले थोरै मात्र कमी कमजोरीले पनि कार्यक्रममा खल्लो पना आउन सक्ने सम्भावनालाइ ध्यानमा राखी अत्याधुनिक प्रबिधिको साउण्ड ब्यबस्था गरिएको मञ्च तथा हल सजावट समिति प्रमुख नगेन्द्र थापा मगरले जानकारी दिनुभएको छ।त्यस्तै अत्याधुनिक प्रबिधिकै ६/३ मिटरको एल.सि.डी.(स्टेज पछाडि कलाकार दर्शक देखिने टेलिभिजन) क्रेन सहितको क्यामेरा, स्टेज लगायत हल भित्र झकिझकाउ पार्ने रंगी बिरंगी बत्तीहरु पनि प्रयोग गरिने थापाले जानकारी दिनु भएको छ।यस अघि पनि कोरियाको अत्यन्तै चर्चित खेलकुद समारोह, ब्याण्डहरुको कन्सर्ट साउण्ड ब्यबस्थापन गर्ने साउण्ड इन्जिनियर यल जङ ली ले पहिलो पटक नेपालीहरूको यति ठूलो कार्यक्रमको साउण्ड बत्ती लगायतका प्राबिधिक प्रणाली ब्यबस्थापन आफ्नो जिम्मामा आएकोले प्रतिष्ठाको लागि पनि आफ्नो तर्फ बाट कुनै कसरत बाँकी नराख्ने जानकारी दिनुभएको छ।कार्यक्रमलाइ उत्कृष्ट बनाउन १० जनाको कोरियन प्राबिधिक टोली कार्यक्रम अवधि भर लागि पर्ने ली ले थप्नुभएको छ।कतै ध्वनिको ब्यबस्थापनको कमजोरीले कार्यक्रम खल्लो हुने त होइन?भन्ने आयोजकको जिज्ञासामा ली ले "साउण्ड निकै नै उत्कृष्ट छ,बरु कमजोर मुटु भएकाहरु माङवल्सा स्टेसन बाटै सुन्दा हुन्छ किनकी बढी किलो वाटको चर्को ध्वनि प्रयोग हुने हुनाले नजिक बाट सुन्दा तर्सन सक्ने सम्भावना रहेको"कुरा ब्यंग्यत्माक ढंगले जानकारी दिनुभएको थियो।
त्यसै गरी ३ हजार दर्शक नअट्ने हल अनि उत्कृष्ट साउण्ड तथा बत्ती बिना आफुहरुले कन्सर्ट नगर्ने कुरा नेपथ्य ब्याण्डले सम्झौता मै उल्लेख गरेको हुनाले पनि १ करोड खर्चिन कन्जुस्याइ नगरेको अध्यक्ष पुरन राना मगरले बताउनु भएको छ।साथै समय र प्रबिधि अनुसारको कार्यक्रम हुन गइरहेकोले यति भब्य प्रबिधियुक्त कार्यक्रमको भरपुर सदुपयोग गर्न रानाले हार्दिक अनुरोध गर्नुभएको छ।

No comments:
Post a Comment