Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, August 28, 2014

कोरियाका नेपाली महिला समस्याका बारेमा प्रधानमन्त्री कोइरालालाइ ज्ञापनपत्र

 नमस्ते नेपाल कोरिया संवाददाता 
कोरियाबाट नेपाली जनसम्पर्क समिति र वोमन फर  वोमनले पठाएको ज्ञापनपत्र आज प्रधानमन्त्री शुसिल कोइराला लाइ नेपाली काँग्रेसका युवा नेता विश्वप्रकाश शर्माले आज दिउसो प्रधानमन्त्री निवास  बालुवाटारमा भेटि  बुझाएका छन् l

नेपाली जनसम्पर्क समिति कोरियाले  आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भाग लिन कोरिया आउनु भएका शर्मा मार्फत  नेपाली जनसम्पर्क समिति र वोमन फर  वोमनले ज्ञापनपत्र बुझाएको थियो l  वोमन फर वोमनकी  अध्यक्ष  जुनु गुरुङद्वारा  हस्ताक्षर गरिएको  ज्ञापनपत्रमा  सस्था को उदेश्य ,  कोरियामा रहेका सम्पूर्ण नेपाली महिलाहरुलाइ एकताको सुत्रमा बाध्दै , पर्न जाने समस्यामा सहयोग गर्ने ,सस्थाले स्थापनाकालदेखि नै  बेरोजगार महिलाहरुलाइ  बस्न लागि एउटा सेल्टर संचालन गर्दै आएको हाल आर्थिक अवस्था कमजोर भएकोले संचालनमा समस्या देखिएको तथा कोरीयामा  कृषि तथा कोरियन  नागरिक संग बिबाह गरि आउने महिलाहरुको समस्या धेरै रहेकोले सोको  समाधानको लागि सहयोग गरिदिन  लागि आग्रह गरेकी छिन  l
त्यस्तै नेपाली जनसम्पर्क समितिले कोरियामा   नेपालीहरुले धेरै किसिमका समस्याहरु भोग्नु परेको , समयमा तलब नपाउने, कृषिमा काम गर्ने नेपालीले तोकिएको  तलब सुबिधा नपाउने , विभिन्न खाले दुख बेथाहरु  पर्ने , इपीयसलाइ धेरै कुरामा सुधार्नु पर्ने र विदेशबाट दुखले कमायको पैसा र सिपलाइ नेपालमा सदुपयोग गर्ने बाताबरण मिलादिन र नेपाली दुताबासले खेलेको भूमिका र अन्य थुप्रै कुरा हरुमा ध्यान पुर्याई आवश्यक  सहयोग गरिदिन र   कोरियामा इपिएसबाट  आउने नेपालीहरुको समस्या , विथार्थी र  अन्य पेसामा आउने नेपालीहरुको  समस्यालाइ जति सक्दो चाडो हल गर्न नेपाल सरकारलाइ  अनुरोध गरेको ज्ञापनपत्र   काँग्रेस नेता शर्माले  बुझाएका छन् l कांग्रेस नेता शर्माके प्रधानमन्त्रिलाइ आफुले कोरियामा  प्रत्यक्ष रुपमा  देखे,  सुने तथा  बुझेको  नेपालीहरुको समस्यालाइ नेपाल सरकारले जति सक्दो चाडो हल गर्न तिर लाग्न आग्रह गरेको बताए l .प्रधानमन्त्रीले सो समस्या समाधान गर्न तत्कालै निर्देसन दिने नेता शर्मा संगको कुराकानीमा जनसम्पर्क समितिका सभापति नवराज शिवाकोटीले बताउनु भयो l

No comments:

Post a Comment