Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, August 28, 2014

दिवस परियारलाइ सहयोगको लागि आग्रह

राज सिंह ,दक्षिण कोरिया 

तनहुँ भिमाद ३ का ११ बर्षिय  टुहुरा मुटु रोगि बालक दिवस परियारलाइ सहयोग गर्नका लागि बिश्वकर्मा एकता समाज दक्षिण कोरियाले अनुरोध गर्नु भएको छ l 

आफ्नो देश र  घर परिवारलाई छाडेर प्रवासमा गई दुख गर्ने रहर कसैलाई पनि हुदैन । तर बिभिन्न सपना सजाएर लाखौ नेपाली बिदेशी भूमिमा गई  दुख सुख काम गर्न बाध्य छन् भने उनीहरुका आफन्तजन र घर परिवार  कहिले विदेश बाट पैसा पठाउलान र स्वदेश फर्की आउलान भनि कुरिरहेका  हुन्छन । 
               श्रीमानले  अर्की श्रीमती ल्याई  आफुलाई छोडे पछि ,यस्तै सपना बोकेर, विदेश गई  धन सम्पति कमाएर बृद्बा बुबा आमा लाई सुख संग पाल्ने र आफ्नो छोरा को उपचार गर्ने सोचले , घरेलु कामदारको रुपमा  बिगत चार वर्ष अगाडी,तनहु भिमाद ३ कि  ३२ बर्षिय शोभा परियार साउदी अरब गएकी थिईन। उनका वृद्ध बुवा-आमा र ११ बर्षिय छोरा दिबस परियार शोभा ले कहिले पैसा पठाउलिन  र कहिले घर फर्की आउलिन  भनेर पर्खि बसिरहेका छन् ।एक त  मुटुका रोगी त्यसमाथि पनि बालापन देखि नै आमा संग बिछोड भएर बस्न विबश रहेका दिबश,आमा कहिले फर्किआउलिन्  भनि मन भरि दुखका बेदना र आमाको माया साँची प्रतिक्षा गरिरहेका छन्।दैबको खेल भनौं, अब उनकि अामा कहिल्यै फर्की आउने छैनिन।उनकी अामा यस धर्तिबाट बिदा भईसकिन।उनि चरम अमानविय सजायको भगिदार भइन।उनलाई अरब सरकारले घाँटी रेटेर मृत्युदण्ड दिइसकेको छ। गुँडमा भोकले रुँदै र चिर्बिराउँदै आमाको पर्खाइमा बसेका चल्ला सरि यी अबोध  टुहुरा बालकलाई अाफ्नी अामाको बारेमा केहि कुरा थाहा छैन,एकोहोरो मातृप्रेमको तिर्सनामा आमाको आगमनलाई कुरेर बसिरहेका छन्।अहिले  उनको  पालन पोषण तथा उपचार गरिदिने कोही छैन। खर्चको अभाव मा उनका वृद्ध हजुरबा हजुरआमा पीडा का आँसु झार्दै सहयोग को लागि अनुनय बिनय  गर्दै चारै तिर भौंतारिरहेका छन्।      
        आउनुहोस ,तपाँई हाम्रो सानो सहयोगले कसैको जीवन बच्न सक्छ ।आफुले सक्दो सहयोग गरेर गरिब दुखि र असाह्य लाई जिउन को लागि मदत गरौँ ।दिबश परियार को घाउ मा मल्हम लगाई उनको जीवन को रक्षा गरौँ। अहिले थोरै भएपनि उनलाई हाम्रो सहयोगको खाँचो छ।
          उनको पीडामा सहानुभुति प्रकट गर्दै सहयोग गर्ने दयालु ब्यक्तिहरुलाई जति दान गर्नुभएको छ त्यो भन्दा लाखौं गुणा लाभ होस्।उहाँहरुको नामावलि निम्न बमोजिम रहेको छ। 
१)विरेन्द्र बि.क:20000 वन
२)अरुण सुनार:20000 वन
३)राज सिंह:20000 वन
४)हेम ब.बि.क:20000वन
५)दुर्गेश घतानि.:10000वन
६)सुरेन्द्र सुनार:10000 वन

सम्पर्क ब्यक्ति
बिश्वकर्मा  एकता समाज ,दक्षिण कोरिया 
ग्वाङ्जुमा रकम संकलन कार्यमा सक्रिय साथी राजु श्री लाई01059590957 सम्पर्क गरि, खातामा नम्बर 408-067713-01-011 IBK,
  अोइजम्बुमा सक्रिय साथि राज सिंह लाई 01086929804 मा सम्पर्क गरि खाता नम्बर 307002-04-219505 kookmin बैंक


No comments:

Post a Comment