Map of Major Natural disaster
Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.
Wednesday, August 20, 2014
एसिसी यु–१६ प्रिमियर क्रिकेटको उपाधि नेपाललाई
नमस्ते नेपाल कोरिया संवाददाता -
सउल।मलेसियामा सम्पन्न एसिसी यु–१६ प्रिमियर क्रिकेटको उपाधि नेपालले जितेको छ । मलेसियालाई ३२ रनले हराउदै नेपालले ऐतिहासिक जित हासिल गरेको हो । किनारा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरको खेलमा ९ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । आयोजक मलेसिया ३६ ओभरमा सबै विकेट गुमाउँदै १२९ रनमा अल आउट भएको थियो।
नेपालका लागि पवन सर्साफले सर्वाधिक ४४ रन बनाए। २६ बल खेलेका पवनले २ छक्का र ४ चौका प्रहार गरेका थिए।समूह चरणका चारै खेल जितेको नेपालले आजको खेलमा मलेसियासँग कम्तिमा बराबरी गर्नसके उपाधि हात थियो । प्रतियोगितामा सहभागी ६ टोलीले राउन्ड रोबिनमा एकअर्कासँग खेलेपछि विजेता छानिने नियम छ।
नेपालले पहिलो खेलमा स्पष्ट नतिजा ल्याएको तथा मलेसिया र बहराइनबीचको पहिलो खेल वर्षाको कारण रद्द भएपछि मलेसियाले बहराइनसँग एकऔएक अङ्क बाँडेको थियो ।
नेपालले बुधबार मलेसियालाई पराजित गर्दे पहिलो पटक उक्त उमेर समूहमा उपाधि जित्ने सुनौलो अवसर पायो । , मलेसियासँग अघिल्लो संकरणको हारको बदलासमेत लिन पाउनेछ । अघिल्लो संस्करण सन् २०१२ मा भएको एसिसी यु–१६ प्रिमियर लिग क्रिकेटमा मलेसियाले नेपाललाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो । त्यस्तै नेपाल सन् २०१० मा भएको सो प्रतियोगितामा पनि नेपाल उपविजेता बन्दै घर फकिएको थियो । उक्त उमेर समूहमा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको थिएन ।
यस्तै यसअघि चार खेल खेलको नेपालले चारै खेलमा उत्कृष्ट प्रदर्शन गर्यो । नेपालले पहिलो खेल थाइल्यान्डलाई १० विकेट, दोस्रो खेल सिङ्गापुरलाई ४९ रन, तेस्रो खेल ओमानलाई १०२ रन र चौथो खेल बहराइनलाई १८६ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
एसियाली क्रिकेट परिषद्ले टेस्ट नखेल्ने राष्ट्रमध्ये उमेर समूहमा उत्कृष्ट छ टोलीबीच पहिलो पटक राउन्ड रोबिन लिगका आधारमा उक्त प्रतियोगिता आयोजना गरेको हो ।टोलीमा नेपालसहित मलेसिया, ओमन, सिङ्गापुर, बहराइन र थाइल्यान्डले भाग लिएका थिए ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment